Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

इलाम आएर ओलीले ‘रेकर्ड गरेर राख्नुहोस्’ भनेको भिडियो कहाँ हरायो ? (भिडियो सहित)

इलाम आएर ओलीले ‘रेकर्ड गरेर राख्नुहोस्’ भनेको भिडियो कहाँ हरायो ? (भिडियो सहित)

  • सन्देश सम्वाददाता
  • बिहिबार, फाल्गुन १ २०८१


इलाम आएर ओलीले ‘रेकर्ड गरेर राख्नुहोस्’ भनेको भिडियो कहाँ हरायो ? (भिडियो सहित)

इलाम : गत वैशाखमा भएको उपनिर्वाचनअघि इलामको देउमाई नगरपालिका पुगेका प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुहाङ नेम्वाङलाई जिताउन आग्रह गरे । एमालेबाट उम्मेद्धार रहेका सुहाङलाई जिताए यस क्षेत्रका जनताले विकास मागेमा जति पाउने ओलीको आश्वासन थियो । नभन्दै सो क्षेत्रका जनताले ओलीको बोली पत्याएर सुहाङलाई भोट दिए ।

जिताएर त पठाए, तर विकासको कुनै महसुस गर्न भने पाएनन् । विकास त भएन नै, विकासको सम्भावनासमेत नदेखेको उनीहरूको भनाइ छ । इलाम क्षेत्र नं। २ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको २०८० साल भदौ २६ गते निधन भएपछि २०८१ वैशाख १५ गतेको उपनिर्वाचनलाई लक्षित गर्दे एमालेको आमसभामामा ओलीले आश्वासन देखाएर भोट मागे । सुहाङ उनै सुवासचन्द्रका पुत्र हुन् ।

आमसभामा ओलीले आफ्नो देब्रे साइडमा रहेका सुहाङलाई राखेर मञ्चमा बसेका थिए । ओलीले सुहाङको हात समातेर उठाउँदै भनेका थिए – ‘सुहाङलाई जिताउने जिम्मा तपाईँहरूको, इलामको विकासको जिम्मा मेरो ।’ उनले यति मात्रै भनेनन् । थपे, ‘यो कुरा रेकर्ड गरेर राख्नुहोस्, यदि रेकर्ड गर्नुभएको छैन भने म सँग माग्नुहोस् मैले रेकर्ड गरेको छु ।’

भिडियो क्रेडिट : हिमशिखर टेलिभिजन

उनको यो बोली पछि मङ्गलवारे चोकमा गडगडाएर ताली बज्यो । त्यसको केही दिनपछि भएको उपनिर्वाचनमा सुहाङ नै विजयी बने । ओलीले इलामका जनतालाई विकासको आस देखाउँदै सुहाङ जिताउन भनेको कुरा जनताले पूरा गरे । तर ओलीले बोलेको कुरा पूरा त परै जाओस्, बजेट समेत छुट्याउन सेकका छैनन् । ओली इलाम आएर बोल्दै गर्दा पूर्व प्रधानमन्त्री थिए । तर, अहिले प्रधानमन्त्री भएका छन् ।

उनी आफूले बोलेको कुरा पूरा गर्न चाहनु हो भने कुनै समस्या छैन । तर कहिले पूरा हुने अत्तो पत्तो छैन । विकासको कुरा गर्ने हो भने मेची राजमार्गबाट मंगलबारे जाने नेपालटार मंगलबारे सडक हिउँदका दिनमा त सहज रूपमा गाडी गुड्छ । तर बर्खामा हिलाम्ये बन्ने यस सडकको लागि समेत ठोस काम भएको पाइदैँन ।

ओलीले भाषण गर्दै आश्वासन देखाएको मंगलबारे बजारसम्म पहिला नै पुगेको पक्की सडक मर्मत हुन नसक्दा कच्चीमा परिणत बन्दै छ । तर विकासको कुरा बोलीमा नै सीमित रहेको छ । इलाम क्षेत्र नं २ का धेरै यस्ता ठाउँ छन् । जहाँ सामान्य विकासले पनि जनताले ठूलो विकासको महसुस गर्न सक्थे । तर यहाँका जनताले विकासको अनुभूति गर्न पाएका छैनन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार