इलाम । दिक्साङ राईले निर्णायक गोल गरेपछि रेडहर्स फुटबल क्लब इलाम काकरभिट्टा च्याम्पियन्स कप–२०८३ को सेमिफाइनल प्रवेश गरेको छ । काकरभिट्टा खेलमैदान जारी प्रतियोगितामा रेडहर्सले कञ्चनजंघा एफसी सिलिगुडीलाई १–० गोल अन्तरले हराएको हो ।
रेडहर्सलाई जित दिलाउन सब्स्टिच्युट खेलाडी राईले ६२ औ मिनेटमा गोल गरेका थिए । विवेक सुनामले डिबक्स भित्र दिएको क्रसलाई राईले जाली चुमाए । खेलको म्यान अफ दि म्याच रेडहर्स फुटबल क्ल्बका हेमन लिम्बु घोषित भए । जितसंगै रेडहर्सले फाइनल प्रवेशका लागि विर्तामोड युनाइटेडसंग प्रतिस्पर्धा गर्ने छ ।
विर्तामोडले भारतकै जर्जियन एफसीलाई हराएको थियो । प्रतियोगिता पहिलो सेमिफाइनल खेलमा बुधबार उर्लाबारी फुटबल क्लब मोरङ र एपिएफ पकली भिड्नेछन् । विजेताले रु. १ लाख १ हजार १०० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु. ५० हजार ५५० सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ।
साथै विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि ट्रफी तथा नगद प्राप्त गर्नेछ ।