Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

१५ करोडको लागतमा रोङमा बौद्ध गुम्बा निर्माणको थालनी (फोटो फिचर)

१५ करोडको लागतमा रोङमा बौद्ध गुम्बा निर्माणको थालनी (फोटो फिचर)

  • गंगा पराजुली
  • शुक्रबार, भाद्र ८ २०८०


१५ करोडको लागतमा रोङमा बौद्ध गुम्बा निर्माणको थालनी (फोटो फिचर)

रोङ । इलामको रोङ गाउँपालिकामा १५ करोडको लागतमा बौद्ध गुम्बा निर्माणको थालनी भएको छ । गुम्बा निर्माणको काम रोङ गाउपालिका ४ स्थित भालुझोडा क्षेत्रमा निर्माणको काम थालनी भएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो तामाङले बताए । गौतम बुद्द को दोस्रो अवतार गुरु पद्मसंभव गुरु रेम्पोछे को मुर्ती निर्माण गर्ने यो्जना रहेको छ । मुर्ती करिब उचाई १ सय फिट अग्लो निर्माण हुनेछ ।

दाता गुरु रिगो रिम्पोर्चे भारत हिमान्चल प्रदेशको आर्थिक सहयोगमा १५ करोडको लागतमा गुम्बा निर्माणको काम थालनी भएको हो । गुम्बा निर्माणका लागि सडक लगायतका पूर्वाधार निर्माणको काम हुँदै आएको पालिका उपाध्यक्ष बिष्णुमाया भुजेलले बताइन् ।

गुम्बा निर्माणका लागि छोमेन सेर्पाले बिषेश पहल गरेका थिए । गुम्बा निर्माणले समग्र देशको पर्यटन प्रबर्द्धनको लागि कोसेढुङ्गा साबित हुने रोङ गाउँपालिकाले आशा राखेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार