Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नोरोदोम सिहानुक : दि मोनार्ची रिस्टोर्ड

नोरोदोम सिहानुक : दि मोनार्ची रिस्टोर्ड

  • गोविन्द फियाक लिम्बु
  • शुक्रबार, फाल्गुन १२ २०७९


नोरोदोम सिहानुक : दि मोनार्ची रिस्टोर्ड

यो कुनै दन्त्य कथा अथवा अकबर र बिरबलको कथा होइन ११ बर्ष पहिले मात्र मृत्यु भएका क्याम्बोडियाका पूर्व राजा नोरोदोम सिहानुकको जीवन गाथा हो । जसले २÷२ पटक राजगद्दी नै त्यागेर चुनाव लडि आफ्नो देशका कार्यकारी राष्ट्रपति र प्रधानमन्त्री बनेका थिए । सन १८६३ देखि क्याम्बोडियामा फ्रान्सको औपनिवेशिक शासन सुरु भएता पनि फ्रान्सले क्याम्बोडियामा आलङकारिक राजसंस्था रहन दिने निर्णय गर्यो तर राजाको उतराधिकारी भने राजाका छोराहरु/ नातीहरु मध्ये आफ्नो अनुकुललाई फ्रान्सले नै छानेर राजा बनाउने नियम बसाले ।

सन १९४१ मा क्याम्बोडियाका राजाको मृत्यु भयो र उसका धेरै सन्तानहरु मध्ये अलिक सोझा जस्ता देखिने १८ वर्षका नाती राजकुमार नोरोदोम सिहानुकलाई फ्रान्सले क्याम्बोडियाको राजा बनाइदिए । सोझा जस्ता देखिने कलिला राजा नोरोदोम सिहानुक विस्तारै खारिंदै गए र अन्तमा फ्रान्सका लागी गलपासो नै भइदिए । दोस्रो बिस्वयुद्ध उत्कर्षमा पुगेका ेबेला जापानले राजा नोरोदोमलाई क्याम्बोडियालाई स्वतन्त्र घोषणा गर्न दबाब दिए तर जापानको बहकाउमा लागेर क्याम्बोडियालाई तत्काल स्वतन्त्र घोषणा गर्न चाहेनन् ।

क्याम्बोडिया फ्रान्सकै अधिनमा रहदै आयो र् बल्ल १९५३ मा क्याम्बोडिया फ्रान्स बाट स्वतन्त्र भयो । राजा स्वयमले आगामी चुनावमा सक्रिय भाग लिने विचार गरेर Sankhum Reastr Niyum (Peoples Socialist Community) नामको पार्टी खोलेर राजाले गद्दी त्याग गरे । राजा नोरोदम सिहानुकले आफ्नो बुबालाई राजगद्दीमा राखेर आफू चुनावमा होमिए । सन १९५५ को चुनावमा नोरोदमको पार्टीले अत्यधिक मत ल्यायो र प्रधानमन्त्री, विदेशमन्त्री तथा संयुक्त रास्ट्र सँघको प्रतिनिधि भए ।

यसरी राजगद्दी त्यागेर चुनावद्वारा नै देशको कार्यकारी प्रमुखमा चुनिएर संसार भरका राजा महाराजाहरुलाई नयाँ र अनौठो खालको सन्देस दिए । सन १९६० को दोस्रो आम निर्वाचनमा पनि नोरोदम सिहानुकको पार्टीले अत्यधिक बहुमत ल्यायो । सोहि समयमा क्याम्बोडियाको राजाको मृत्यु भएकोले नोरोदमले आफ्नी आमालाई राजगद्दीमा राखि आफूले फेरि कार्यकारी प्रमुखको जिम्मेवारी लिए । त्यस समय क्याम्बोडियालाई अमेरिकाले ठूलो आर्थिक सहयोग गरेर क्याम्बोडिया माथी अमेरिका आफ्नो प्रभाव जमाउन चाहन्थे तर राष्ट्रबादी सिहानुकले सो अमेरिकी सहयोगलाई ठाडै अस्विकार गरिदिए ।

अमेरिकाले ससर्त आर्थिक सहयोग गरि आफ्नो प्रभाव बढाउनु खोजेको आरोप लगाई सन १९६५ मा अमेरिकासँगको कुटनैतिक सम्बन्ध नै बिच्छेद गरिदिए । सिहानुकलाई अपदस्त गर्न अमेरिका उपयुक्त समयको प्रतिक्षामा थियो र सन १९७० मा सिहानुक बिदेश भ्रमणमा गएका बेला अमेरिकाको सहयोगमा जनरल लोन नोलले सैनिक कू गरि क्याम्बोडियाको शासन सत्ता आफ्नो हातमा लिए । यसरी क्याम्बोडियामा राजतन्त्रको अन्त्य भयो र सिहानुक चीनमा शरणार्थी जीवन बिताउन बाध्य भए । सिहानुक चीनमा बसी खमेरुज (पोल पटको पार्टी )सँग सहकार्य गरि क्याम्बोडियामा अमेरिका समर्थित जनरल लोन नोलको सरकारलाई अपदस्थ गर्न चाहन्थे ।

१९७५ मा खेमर रुजले क्याम्बोडियाको राजधानी नोमपेनमा भिषण आक्रमण गरि जेनेरल लोन नोलको सरकारलाई अपदस्त गर्यो र क्याम्बोडियाको शासन सत्ता आफ्नो हातमा लिए । तत पश्चात सिहानुक स्वदेश फर्किए तर लगतै सिहानुकलाई घरमै नजरबन्द गरेर राखियो र अर्को बर्ष दरबारबाट लखेटी दिए ।
खेमरुज आफूलाई सचा कम्युनिष्ट सम्झिन्थे र क्याम्बोडियामा बर्ग बिहिन समाज (classless communist society) बनाउन चाहन्थे । सतारुढ कम्युनिष्ट पार्टी खेमर रुज का नेता पोल पट यति क्रुर निस्के उसले आफ्नो ४ बर्षको शासनकालमा करिब २५ लाख मानिसको हत्या गरे । बर्ग बिहिन समाज बनाउने नाममा देशका बुद्धिजिबी,बिस्वबिधालयका प्राध्यापक, शिक्षक,निजामती कर्मचारी, धार्मिक नेताहरु, शहरियाहरु र बिदेशी मुलका मानिसहरु कसैलाई बाँकी राखेनन । स्वयम नोरोदम सिहानुकका ५ सन्तान र १५ नाती नातिनीहरुको निर्मम हत्या गरियो । क्याम्बोडियाका कम्युनिष्टहरुको यस्तो घृणित नरसंहार (नभलयअष्मभ) ले संसारभरका कम्युनिष्टहरुलाई आम मानिसहरुले घृणाको दृस्टीले हेर्न थाले ।

अमेरिकी सहयोगमा भियतनामले सन १९७९ मा क्याम्बोडियामा भिषण आक्रमण गरि क्रुर कम्युनिष्ट शासक पोल पटलाई अपदस्त गरे । पोल पट भागेर जङ्गल तिर पसे भने सिहानुक पहिले देखि नै चीनमा बस्दै आएका थिए । यसरी भियतनामले क्याम्बोडियामा हस्तक्षेप गरेको सिहानुकलाई पटक्कै मनपरेको थिएन । भियतनाम प्रति सिहानुक अत्यन्तै आक्रमक बने । भियतनामलाई क्याम्बोडियाबाट कसरी लखेट्ने भन्ने कुराले सिहानुक अत्यन्तै चिन्तित थिए । क्याम्बोडिया माथिको भियतनामी हस्तक्षेपलाई सक्दो अन्तरराष्ट्रियकरण गरे । भियतनाम बिरुद्व लड्न सिहानुकले एउटा ससक्त लडाकु दस्ताको गठन गरे जसको नेतृत्व उनी आफैले गरे ।

चीन, एसइएन तथा अन्तरराष्ट्रिय दबाबमा परेर सन १९८९ देखि भियतनामले क्याम्बोडिया बाट आफ्नो फौज फिर्ता लान थाल्यो । संयुक्त राष्ट्र संघले करिब २२ हजार शान्ति सेना कम्बोडियामा खटायो । सन १९९१ मा संयुक्त राष्ट्र संघले सुप्रिम नेशनल काउन्सिलको गठन गरि यसको प्रमुखमा नोरोदम सिहानुकलाई नियुक्त ग¥यो । सन १९९३ को चुनाव लगतै सिहानुकलाई राष्ट्रपति बनाइयो र यसको केहि महिना पछि क्याम्बोडियाको संसदले राजसंस्था पुर्नस्थापना गर्ने निर्णय गर्यो । र नोरोदम सिहानुक फेरि राजगद्दीमा बसे । यसरी राजसंस्था हटाइएको २३ बर्ष पछि क्याम्बोडियामा राजसंस्था फेरि फर्काइयो ।

१८ बर्ष कै उमेरमा राजा भएर अनेक उतारचढाव भोगेका राजा नोरोदम सिहानुकलाई चलचित्रमा अत्यधिक चाख थियो तर चलचित्र को लागी उपयुक्त समय उसलाई कहिले पनि मिलेको थिएन । दृढ स्वभावका राजा सिहानुक आफ्नो जीवनको उतरार्ध मै भए पनि आफूलाई अत्यन्तै मन परेको कुरा गरेरै छाड्ने विचारले सन २००४ मा आफ्नो छोरा सिन्हामोनीलाई राजगद्दी छाडि दिएर राजनीतिबाट सन्यास लिए । राजगद्दी त्याग्ने बितिकै उनले अनेकौ चलचित्रको निर्देशन गरे र कैयौं चलचित्रको निर्माता पनि बने ।

यसरी आफ्नो हजुरबा को मृत्यु पछि १८ बर्ष कै उमेरमा राजा बनाइएक २ पटक गद्दी त्याग गरेका, आफ्नै बाबू र् आमालाई गद्दीमा राखेका, चुनाव जितेर बिदेसमन्त्री, प्रधानमन्त्री र राष्ट्रपति बनेका यी अचम्मका राजाको १५ अक्टोबर २०१२ मा स्वर्गारोहण भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार