Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माइजोगमाई गाउँपालिका एकिकृत पर्यटन प्रवद्र्धनका लागि सहमत

माइजोगमाई गाउँपालिका एकिकृत पर्यटन प्रवद्र्धनका लागि सहमत

  • लोकल सन्देश
  • शनिबार, साउन २१ २०७९


माइजोगमाई गाउँपालिका एकिकृत पर्यटन प्रवद्र्धनका लागि सहमत

नयाँबजार । माइजोगमाइ गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्रको प्रचार हुन नसक्दा यहाँका पर्यटकीय क्षेत्र ओझेलमा एक कार्यक्रमका सहभागिले बताएका छन् । गाउँपालिका भित्र विभिन्न पर्यटकीय क्षेत्र भएपनि प्रचार हुन नसक्दा पर्यटक भित्र्याउन नसकिएको बताएका हुन् । गाउँपालिकामा पोखरी, मठ मन्दिर, झरना र एसियामै पहिलो पटक बनेको गुम्बा देखि लिएर सूर्योदय र सूर्यअस्त देखिने थुम्के जस्ता ठाउँभएपनि प्रचार हुन नसक्दा पर्यटनकीय गतिविधि नभएको गाउँपालिका अध्यक्ष कुस बहादूर थेवेले बताए । प्राकृतिक रुपमा धनी भएर पनि गाउँपालिकामा भएका क्षेत्रलाई विकास गरेर लाभ लिन नसकिएको माईजोगमाई गाउँपालिकाका थेवेले जानकारी दिए । इलाम पर्यटकीय क्षेत्रको रुपमा चर्चित रहेपनि माल पाएर चाल नपाएको उखान जस्तै भएको उदाहरण दिँदै आगामी दिनमा अन्तर पालिका सँग समन्वय गरेर अघि बढ्न तयार रहेको बताए ।
पालिकामा सुन्दर ठाउँहरु मत्र नभएर कला संस्कृति र कृषि उत्पादनलाई पर्यटन व्यवसाय मार्फत बेचेर जिवनस्तार उकास्न लाग्नुपर्ने थेवेको भनाइ छ । उनले ‘पर्यटकय क्षेत्रको विकास गर्दे गर्दा मानव निर्मित संरचना भन्दा पनि प्रकृतिक संरचनाको संरक्षण गर्नुपर्ने बताए ।’ गाउँपालिकाकी उपाध्यक्ष प्रविना राईले पालिका भित्र रहेका पर्यटकीय क्षेत्रको प्रवर्दन गर्न गाउपालिका लागिरहेको भन्दै पर्यटन विकासका लागि विभिन्न संघ संस्था सँग कुरा गर्दै गरेको बताईन । उनले ‘पर्यटनक्षेत्रको विकास गर्न प्रचार प्रचारनै प्रमुख रहेको भन्दा गर्छु भनेर भाषण गर्नुभन्दा व्यवहारमा उतारेर देखाउनु पर्ने बताए ।’
माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भागवत प्रसाद रेग्मीले पर्यटनको प्रचुर सम्भावना रहेको यस गाउँपालिकालाई पर्यटन मैत्री बनाएर विकास गर्नुपर्ने बताए । उनले विश्वमा १३ प्रकारका हावापानी पाईन्छन जसमा नेपालमा १२ प्रकारका पाईन्छन जुन सबै माईजोगमाई गाउँपालिकामा पाउन सकिने भौगोलिक बनोट रहेको बताए ।’ पालिका भित्र मरुभूमि जस्तै गर्मी हुँने ठाउँदेखी वर्षमा तीन महिना सम्म हिउँपर्ने ठाउँपनि रहेको कारण सवैखालका हावापानीमा रमाउन सकिने रेग्मीको भनाइ छ ।’
पर्यटन प्रवर्दनका लागि गाउँपालिकाले पाँचवर्ष सम्म पर्यटन विकासको नारा लगाएर हिने पनि परिवर्तन हुन नसकेको भन्दै फिक्कल नयाँबजार सडक निमाण नभएको कारण विकास हुन नसकेको वडा नं १ का वडाध्यक्ष याम बहादुर कार्कीले बताए । उनले ‘यस क्षेत्रले प्रदेशमा जिताएका सभासद पर्यटन मन्त्री हुँदा पनि पर्यटनको विकासमा पछि परेको भन्दै पहिले हिनेर पर्यटक आउने गरेका भएपनि अहिले यहाँका ठाउँ सुनसान बन्न थालेको बताए ।’ वडा नं। ४ का वडाध्यक्ष डुरन देवानले धार्मिक पर्यटक आउने माईवेनीको विकास गर्दे पदमार्ग निर्माण सँगै होमस्टेको विकास गर्नुपर्ने बताए भने वडा सदस्य भक्त चेम्जुङले द्वन्दकालको समयमा बन्द भएका गाउँबजारका मेलाबजार लगाउँन सुरु गर्नुपर्ने बताए ।
वडा नं ६ का वडाध्यक्ष दिपेश सोङ्मीले यहाँको प्रमुख आकर्षण रेडपाण्डा रहेको भन्दै रेडपाण्डा अवलोकन केन्द्र निर्माण गरिनु पर्ने बताए । त्यस्तै वडा नं ३ का वडाध्यक्ष राम घिमिरेले पालिका भित्रका पर्यटकीय क्षेत्रकोविकास गर्नका लागि निजी क्षेत्रलाई लगानि गराउनुपर्ने बताए । वडा नं ५ का वडाध्यक्ष निर्मल ध्वज राईले पालिका भित्रका विभिन्न प्रजातीका बोटरिुवा र जडिबुटिलाई अवलोकन गर्ने ठाउँ बनाउनु पर्ने बताए । गाउँपालिकाका कायपालिका सदस्य अमर राईले नेपाल भारत सिमा क्षेत्रमा सिमा सडक बनाएर नेपालको बाटो हुँदै पर्यटक हिडेर यात्रा गर्ने बनाउनु पर्ने भन्दै यहाँ आउने पर्यटकलाई लाप्चा र थामि जातिको कल्चरमा रमाउने बनाउनु पर्ने बताए ।
पर्यटन प्रवर्दन गर्नका लागि इलाम नगरपालिकाको अगुवाई शुरु भएको छलफल कार्याक्रम सम्भावना भएर पनि जिल्लाका पर्यटकीय क्षेत्रलाई चिनेर बेच्न नसक्दा आम्दानी लिन नसकेको इलाम नगरपालिका आर्थिक समिति संयोजक इलाम नगरपालिका वडा नं ५ का वडाध्यक्ष काजि बहादुर श्रेष्ठले बताए । उनले जिल्लाका पर्यटकीय क्षेत्रको विकासका लागि १२ महिनै पर्यटकलाई आकर्षण गर्न कृषि पर्यटनलाई प्रथमीकतामा राखेर विकास गरे मात्र आम्दानी लिन सकिने सकिने भन्दै अन्तरपालिका समन्वय बैठक शुरु भएको बताए ।
इलाम नगरपालिका पर्यटन प्रवर्दन समिति इलामका अध्यक्ष प्रकाश अधिकारीले इलामका पोइन्टहरुको छनोट गरेर प्याकेज बनाएर पर्यटन क्षेत्रको विकासका लागि काम थालेको बताए । केचना कञ्चनजंघा पर्यटन प्रवर्दन विकास समितिका कार्यकारी निर्देशक केशव धौरालीले व्यवसाय फस्टाउने र आर्थिक उन्नति नभएसम्म पर्यटन विकास भएको नमानिने बताए । बुधबार सन्दकपुर गाउँपालिकामा र शुक्रबार माईजोगमाई गाउँपालिकामा भएको अन्तर पालिका समन्वय बैठकमा नगर पर्यटन प्रवर्दन समितिका सदस्य दिव्या भट्टराई, पविमायाँ गुरुङ र शुसिला पोखरेलको उपस्थिति रहेको थियो भने उक्त छलफल कार्याक्रमको सञ्चालन समितिकि सदस्य रिना घिमिरेले गरेकी थिइन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार