Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरपालिकाको आर्थिक सवृद्धिबारे सरोकारवालासँग अन्तरक्रिया शुरु

सूर्योदय नगरपालिकाको आर्थिक सवृद्धिबारे सरोकारवालासँग अन्तरक्रिया शुरु

  • गोपाल गिरी
  • आइतबार, जेष्ठ १५ २०७९


सूर्योदय नगरपालिकाको आर्थिक सवृद्धिबारे सरोकारवालासँग अन्तरक्रिया शुरु

कन्याम । सूर्योदय नगरपालिकाको आर्थिक विकासका लागि सूर्योदय नगर उद्योग बाणिज्य संघले सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रम शुरु भएको छ । इलामको ठुलो जनसंख्या भएको स्थानीय तह सूर्योदयमा कृषि र पर्यटकीय हिसावले अधिक संम्भावना रहेको छ ।
पर्यटन, कृषि र दुग्ध व्यवासयमा अगाडि रहेको नगर क्षेत्रमा उद्योग बाणिज्य संघले सरोकारवालाहरुसँग सुझाव संकलन गर्ने योजना अनुरुप काम अन्तरक्रिया कार्यक्रम अघि सारेको थियो । सो कार्यक्रम अन्तरगत फिक्क माध्यमिक विद्यालयको हलमा सरोकारवालाहरुसँगको अन्तरक्रिया सम्पन्न भइसकेको छ भने सूर्योदय वडा नम्बर ६, ७ र ८ का उद्योगी व्यवसायीको नगरको आर्थिक विकासमा चाल्नुपर्ने कार्यक्रमका बारे सुझाव संकलन गरेको छ ।


राउण्ड टेवलका लागि सूर्योदय नगरपालिकाले आर्थिक सहयोग गरेको छ । सूर्योदय नगर उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राईको अध्यक्ष र सूर्योदय नगरपालिका वडा नम्बर ८ का अध्यक्ष जंग गुरुङ्गको प्रमुख आथित्यतामा सूर्योदय वडा नम्बर ७ को सभाहलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कन्याम, अन्तु, पशुपतिनगर, तिनघरे र फिक्कल गरि ५ स्थानमा सरोकारवालासँग अन्तरक्रिया गर्ने योजना अनुरुप कार्यक्रम आयोजना गरिएको उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राईले बताए ।

नगर भित्रका उद्योगी व्यवसायीका समस्यालाई समाधान गर्न पहल गर्ने र नगर क्षेत्रको आर्थिक विकासमा टेवा पु¥याउने उदेश्यले गरि अन्तरक्रिया महिला उद्योगीका समस्या बारे छलफल गर्न छुट्टै कार्यक्रम आयोजना गरिनेछ महासचिव तोयानाथ भट्टराईले बताए । कन्याममा आइतबार भएको कार्यक्रममा होटल व्यवसायी, पर्यटन व्यवसायी, चिया उद्यमी, कन्यामको पर्यटन क्षेत्रमा क्रियासिल घोडा व्यवसायी, ठेला व्यवसायी, लगायतले आफ्नो धारण व्यक्त गरेका थिए ।


कार्यक्रममा होटल व्यवसायी टिका ओडारी, तोयानाथ सर्मा, नगेन्द्र रिजाल दूग्ध व्यवासाय तथा सहकारीकर्मी इकाराम प्रधान,हेमन्त निरौला, होटल व्यवसायी नरेन्द्र रिजाल, चिया उद्यमी महेश अर्याल, मान कुमार लाप्चा, डेरी व्यवसायी रमेश तिमसिना, बाणिज्य संघ महिला उद्यमी समितिकी संयोजक हेममाया प्रधानले आफ्नो आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको संचालन उद्योग बाणिज्य संघका सचिव सुजन तिमसिनाले संचालन गरेका थिए भने कार्यक्रमको औचित्यमा माथि संघका महासचिव तोयानाथ भट्टराईले प्रकाश पारेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार