Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पत्रकार गणेश अर्यालकी जीवनसंगिनी तारा रिजालको उपचारमा प्रेस सेन्टरको आर्थिक सहयोग

पत्रकार गणेश अर्यालकी जीवनसंगिनी तारा रिजालको उपचारमा प्रेस सेन्टरको आर्थिक सहयोग

  • लोकल सन्देश
  • सोमबार, माघ १० २०७८


पत्रकार गणेश अर्यालकी जीवनसंगिनी तारा रिजालको उपचारमा प्रेस सेन्टरको आर्थिक सहयोग

इलाम । इलामका रोङ गाउँपालिका निवासी पत्रकार गणेश अर्यालकी जीवनसंगिनी तारा रिजालको स्वास्थ्य अवस्था उपचारका लागि प्रेस सेन्टर नेपाल इलाम शाखाले आर्थिक सहयोग गरकेो छ । रिजालको उपचारमा आर्थिक श्रोत जुटाउने नेपाल पत्रकार महासंघ इलाम शाखाको अभियानमा प्रेस सेन्टर नेपाल इलाम शाखाले १० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

प्रेस सेन्टर नेपाल इलाम शाखा अध्यक्ष बुद्धमाया सोङ्मी र प्रदेश एकका मुख्य सचिव सुजन तिमसिनाले नेपाल पत्रकार महासंघ इलाम शाखाको कार्यालयमा पुगेर आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । तारा अर्यालको ब्रेस्ट क्यान्सरको उपचारका लागि अभाव भएपछि अर्याल परिवारले आर्थिक सहयोगका लागि याचना गरेका थिए ।

उनलाई १६ वटा रेडिएसन गर्नुपर्नेछ । यही माघ १७ देखि दिनैपिच्छे एक–एक रेडिएसन गर्नुपर्नेछ । यो उपचार गरिसक्दा उनलाई पूर्ण रूपमा निको हुनेछ । तर, एउटा रेडिएसनका लागि २२ हजार रुपैयाँ खर्च लाग्छ । यसो गर्दा उनलाई रेडिएसनका लागिमात्र ३ लाख ५२ हजार रुपैयाँ आवश्यक पर्ने परिवारले जनाएको छ ।

अहिलेसम्म उपचारमा करिब साढे ६ लाख रुपैयाँ खर्च भइसकेको र थप उपचारका लागि आर्थिक सहयोग गर्न परिवारका सदस्य आग्रह गर्दै आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार