Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माईजोगमाई गाउँपालिकाको केन्द्र सुन्दर नयाँबजार (फोटो फिचर )

माईजोगमाई गाउँपालिकाको केन्द्र सुन्दर नयाँबजार (फोटो फिचर )

  • रोशन काफ्ले
  • बुधबार, पौस २८ २०७८


माईजोगमाई गाउँपालिकाको केन्द्र सुन्दर नयाँबजार (फोटो फिचर )

नयाँबजार । माईजोगमाई गाउँपालिकाको केन्द्र हो,नयाँबजार । नयाँबजारको ऐतिहासिक र सास्कृतिक महत्व छ । नयाँबजार २०११ सालमा स्थापना भएको ऐतिहासिक बजार हो । सन्त बालागुरुले बजार बसाए पछि नयाँबजारमा बालाचर्तुदशीका दिन हरेक वर्ष मेला लाग्ने गर्दछ ।

बजार क्षेत्रमा सन्त बालागुरुको प्रतिमा समेत निर्माण गरिएको छ । बालागुरुको प्रतिमासँगै बालागुरु सिवालय धाम समेत रहेको छ । सिवालय मन्दिर गुरुकुल शिक्षा अध्ययनसँगै हिन्दु धर्मको आस्थाको केन्द्र बन्दै गएको हो । मन्दिरमा बालाचतुरदर्सीको दिन मेला आयोजना हुन्छ । मेलामा नेपाल र भारतका भक्तजन, पर्यटकहरुको आवागमनले पर्यटन प्रवद्र्धनमा समेत काम हुँदै आएका छन् ।

नयाँबजार क्षेत्रकै दूर्गा मन्दिर समेत पर्यटनकको आकर्षण केन्द्र बन्दै गएको छ । पर्यटक आकर्षण गर्नका लागि र आपतकालिन अवस्थाका लागि पानी प्रयोग गर्न हेतुले पोखरी निर्माण गरेपछि पर्यटकको घुमफिरको केन्द्र बनेको माईजोगमाई गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत भागवत प्रसाद रेग्मीले बताए ।

तस्बिर : नमिन ढकाल । सुजन तिमल्सिना

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार