Local Sandesh सोमबार, कार्तिक १७ २०८३
  • ट्रेण्डिङ :

जनपक्षिय पत्रकारिता र हाम्रो दायित्व

जनपक्षिय पत्रकारिता र हाम्रो दायित्व

  • गाेपाल गिरी
  • शुक्रबार, पौस २३ २०७८


जनपक्षिय पत्रकारिता र हाम्रो दायित्व

पत्रकारिता एउटा प्रतिष्ठित र सम्मानित पेसाका साथै जनउत्तरदायी पेसा पनि हो । यसले सञ्चारकर्मको माध्यम बाट विद्यमान विकृति, विसंगति तथा तमाम अध्यारो पक्षलाई चिर्दै समग्रमा समाजलाई अग्रगमन तर्फ डो¥याउने कार्य गर्दछ ।
वर्गीय समाजको चरित्र अनुसार हरेक कुरामा वर्गीय पक्षधरता प्रवल भएर अगाडि आउँछ । जनपक्षिय पत्रकार वा पत्रकारिताले सर्वहारा, श्रमजीवी ,शोषित र उत्पिडित को पक्षमा आफू लाई उभ्याउदछ । अहिलेसम्म दविएका आवाजलाई सतहमा ल्याउन सहयोग पुर्याउदछ । आवाज विहिनहरुको वास्तविक आवाज वन्ने काम नै जनपक्षिय पत्रकारितामा पर्दछ ।

देखेको कुरालाई सहि र सत्य रुपमा पेश गर्न नसक्ने पत्रकारिता जनपक्षिय हुन सक्दैन त्यस्तै अनेकन लोभमा फसेर कसैको ईशारामा गरिने पत्रकारिता पनि जनपक्षिय हुन सक्दैन । नेपाली सन्दर्भमा जनपक्षिय पत्रिकाको पक्षपोषण गर्ने भनी दावी गर्ने थुप्रै मिडिया हाउस र मिडियाकर्मी छन् तर उनीहरूले त्यसलाई ट्रेडमार्क को रुपमा मात्रै प्रयोग गर्दै आइरहेका छन् । वास्तविक जनपक्षिय पत्रकारिता गर्ने हरुले भ्रमको त्यो पर्दा च्यात्न जरुरी छ ।

वास्तविकता यस्तो पनि हुन सक्छ जनपक्षिय पत्रकार लाई अरु खाले पत्रकारले पत्रकार नमान्न पनि सक्छन् । यो उनीहरुको दृष्टिकोणको सवाल हो कित्ता फरक परे पछि यस्तो हुनु अनौठो पनि होइन । वर्ग संघर्ष,त्याग र बलिदान को माझ बाट स्थापित जनपक्षिय पत्रकारिता लाई बुझ्न र मनन गर्न त्यही अनुसारको चेतनाको विकास भएको हुनु पर्छ ।

जनपक्षिय पत्रकारिताले ठु्ल्ठुला महल बनाउँदा बनाउदै बूढो भएको मानिसको दुख र पिडालाई क्यान्भासमा उतार्न सक्नु पर्छ । जति श्रम गरे पनि सधैं एकै नासको जीवन बाँचिरहेकाहरुको यथार्थ चित्रण गरिदिनु पर्छ । यति मात्र होइन दुग्ध बेचेर आएको पैसाले रक्सी ,वियर पिउनेको आँखा खोलिदिनु पर्छ । समाचार मात्रै लेख्दैमा पत्रकारले आफ्नो कर्तव्य पूरा गरेको मान्न सकिन्न उसको समाचारको प्रभावकारिता पनि उतिकै खोज को विषय बन्न सक्छ ।

मार्क्सले राइनिस जाईतुङ प्रकाशन नगरुन्जेल मजदुरलाई आफु कसरी पुँजीपतीको पेलाईमा परेको रहेछु भन्ने थाहा थिएन । पछि उक्त पत्रिका लाई तत्कालीन सरकारले प्रतिवन्ध समेत लगायो र प्रकाशन नै बन्द गर्नु पर्यो किन यस्तो भयो त ? यसको उतर सहजै पाउन सकिन्छ । पुँजीपतीहरुको अधिनमा रहेको मिडियाले श्रमिक वर्गको कुरा कहिलै गर्दैन यद्यपि आंशिक रुपमा उठाउन सक्ला जुन सतही रुपमा मात्रै हो समग्रमा होइन् ।

ईस्क्रा मार्फत रुसमा मजदुरहरु कसरी उत्पिडनमा परेका छन् किसान मजदुरको अवस्था के छ त्यसको चित्रण नगरिएको भए सर्वहारा श्रमजीवी सँग पनि संसार बदल्ने ताकत रहेछ भन्ने दृष्टान्त पुँजीपती वर्गले निन्याउरो मुख लाएर हेर्न पाउने थिएन । पत्रकारिता आफैमा सेवा मूलक कार्य पनि हो तर कुन वर्गको सेवा गर्ने यो महत्वपुर्ण कुरा हो ।

वर्गको सेवा गर्ने भन्दैमा यथार्थ को तोडफोड र विद्रुपिकरण गरेर पत्रकारिता गर्न सकिन्न । व्यावसायिकता को नाममा जनपक्षिय भनिने पत्रकारहरु डलरमा पनि विक्ने गरेका छन् डलरमुखी पत्रकारिताले आधारभूत वर्गलाइ समेट्न सक्दैन किनकि उनीहरुको विषयमा लेख्दा कतिपय विग मिडिया का मालिक रिझिदैनन् फलस्वरूप डलर झर्दैन ।

पत्रकारितामा व्यावसायिकता जरुरी छ । त्यो जिविकोपार्जन गर्दै अझै वढि लेख्न हुनु पर्छ लेखेर धन कमाउन होइन हामी कहाँ लेखेरै धन कमाउने स्वप्न अहिलेका लागि एकाध अपवाद बाहेक मृगतृष्णा मात्रै हो । हामीले देखेका छौ कतिपय ठुला लगानीमा सञ्चालित मिडिया मालिक र रात रातभर सोही मिडिया हाउसमा खटिने श्रमजीवी पत्रकार वीचको फरक के कस्तो छ । विडम्बना ! कैलेकाही उ आफैपनि समाचार को हेडलाईन बनिदिन्छ ।

जनपक्षिय पत्रकारिता केवल पल पल भइरहने नयाँ घटना र विविध समाचार मा मात्रै केन्द्रित रहदैन यसको दायरा ठूलो र वृहत् हुनु पर्छ नेपाली समाजले अगाडि जाने वाटो अब कुन हो ? किटान गर्दै जनता को शक्ति लाई त्यता अग्रसर गराउन उत्प्रेरित गर्नु पर्छ जसरी विगतमा खवरको पनि पक्षधरता हुन्छ भन्दै जनादेश लगायत केही पत्र पत्रिकाले गरे ।

नेपाली समाज समाजवाद निर्माणको दिशामा छ हामीले थुप्रै राईनिस ,ईस्क्रा पत्रिका र कृष्णसेनहरु जन्माउनु पर्ने छ । संविधान राम्रो अध्ययन गरेको पत्रकारलाई सहजै असवैधानिक छ है भनेर थाहा हुने विषय प्रधानमन्त्रीले ६ महिनामा २ पटक संसद विघटन गर्दा पनि ओलीले ठिक गरे भन्दै लेख्ने र त्यस विषयमा लेख्न हात कमाउने पत्रकारले नेपाली समाज समाजवादी क्रान्ति दिशामा छ ।

श्रमजीवी वर्गको हित हुने समाजवादी व्यवस्था ल्याउनु पर्छ त्यसको लागि अग्रसर रहनु पर्छ भनेर त्यसता पत्रकारले लेख्दैनन । एक वर्गले अर्को वर्गको हात बाँध्ने ,मूख थुन्ने अवस्था रहदा सम्म प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको नारा पनि थान्को लाग्ने वाला छैन । यो निश्चित चरण सम्म निरन्तर गुन्जिरहने नारा हुनेछ किन कि वर्गीय विभाजित समाज व्यवस्था भएको कारण नै उव्जिएको प्रश्न हो । यी सवाल हरुमा जनपक्षीय पत्रकार हरुले एउटा समझदारी वनाएर समाजलाई अग्रगामी यात्रामा डो¥याउन निरन्तर प्रयत्न गरिरहनु पर्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार