Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

हिउँले ढाकिएको इलामको सुन्दर पर्यटकीयस्थल जौबारीका १० तस्बिर (फोटो फिचर )

हिउँले ढाकिएको इलामको सुन्दर पर्यटकीयस्थल जौबारीका १० तस्बिर (फोटो फिचर )

  • सुजन तिमल्सिना
  • बिहिबार, पौस १५ २०७८


हिउँले ढाकिएको इलामको सुन्दर पर्यटकीयस्थल जौबारीका १० तस्बिर (फोटो फिचर )

जौबारी । हिमाली चुचुरासँग कुम जोड्दै, लालिगुराँसको फुलमा रम्दै र प्राकृतिक छटामा स्वर्गीय आनन्द लिन सकिने क्षेत्र हो इलामको जौबारी । जौबारी क्षेत्र, देशको संघीय संरचना पछि सन्दकपर गाउँपालिका ५ र माई जोगमाई गाउँपालिका २ मा अवस्थित छ ।

मोति झै टल्किने हिमाल र अनेकौँ परिकल्पनासँगै उदाउने सूर्योदयको दृश्यमा रम्न सकिने जौबारी पछिल्लो पटक नेपाल र भारतका पर्यटकीयस्थलको गन्तव्यस्थल बनेको छ । वर्षातसँगै बाक्लो हिमपात परेपछि जौबारीमा अहिले हिउँखेल्ने पर्यटकहरुको भिड नै लागेको छ ।

हिमाली क्षेत्रमा पाइने दर्जनौँ प्रजातिका जडिबुटी, असंख्य चराहरु, नेपाल र भारतका मनोरम दृश्यहरुले जौबारीले हरेकको मन लोभ्याउँछ । भारतीय सीमा क्षेत्रबाट नजिकै रहेको जौबारी बजार प्रदेश नम्बर एककै प्रुमख गन्तव्य सन्दकपुर तिर लम्किएका पर्यटकको बास बस्ने रमणिय गन्तव्य हो । चित्रै चित्राले बनेका कलात्मक काठेघरहरुमा बस्दै स्थानीय सेर्पा, तामाङ, राई र गुरुङ्ग जातीको परम्परागत संस्कृति र रसहसहनमा लुटपुटिदै अनि नेपाली गाउँघरहरु दृश्यअवलोकन गर्न बाह्य मुलकका धेरै पर्यटकहरु वर्षेनी यहाँ आउने गरेका छन् ।


सीमा क्षेत्रको जौवारीले भने अहिले अर्को पहिचान स्थापित गराएको छ । नेपाली किसानलाई आधुनिक कृषि प्रणालीको विकासमा सहयोग पु¥याउने हेतुले नेपाल सरकारले दुई वटा नेपाल कृषि अनुसन्धान परिषद् नार्क र आलुबालि तथा बागबानि विकास केन्द्र जौबारीमा पुनः स्थापना गरेपछि कृषि क्षेत्रमा लाग्ने किसानको अध्ययन अवलोकन केन्द्र बनेको छ ।


लामो समय सरकारी उदासिनताले उजाड र खण्डहर बनेको आठ हजार ४ सय ४५ रोपनीमा फैलिएको आलु विकास क्षेत्र हाल आएर हराभरा बन्दै छ । हुस्सु र भुई कुहिरो लुकामारि खेल्ने जौबारी र तालपोखरी क्षेत्र अहिले कृषि बैज्ञानिकहरु र कृषि मजदुरहरुको ज्ञान सिप र पसिना बगाउने कर्मथलो बन्दै गएको छ । अहिले सन्दकपूर गाउँपालिका र माईजोगमाई गाउँपालिकाले सडक निर्माणलाई प्राथमिकता दिएका छन् ।


सन्दकपुर गाउँपालिका वडा नं ५ को जमुना इङ्ला र माईजोगमाई २ को आहालभञ्ज्याङ्ग क्षेत्रका जंगल विश्वमै दूर्लभ रेडपाण्डा हाब्रे पाइने चर्चित ठाउँ हो । रेडपाण्डाको अध्ययन अनुसन्धान र अवलोकनमा वर्षेनी वन्यजन्तु विद र सयौँ पर्यटकहरु अहिले चोयाटर वनमा आउने गरेका छन् । रेडपाण्डा अध्ययनकै लागि अर्को उत्तिकै प्रख्यात ठाउँहरु माबुको दोबाटे जंगल र कैयाकट्टा क्षेत्र पनि हो ।


रेडपाण्डा पर्यटन प्रवद्र्धनले क्रमस ति क्षेत्रहरु अहिले पर्यटन मैत्री गाउँहरु बन्दै गएका छन् । यहाँ खोलिएका होमस्टे ग्रामिण होटेलहरु पर्यटकहरुलाई सेवा र सुविधा त दिएकै छ यस बाहेक मनेग्य आर्थिक आर्जन गर्दै आएका छन् ।
सन्दकपुर गाउँपालिकाको लेकाली क्षेत्रमा लोपउन्मुख गिद्ध, लामपुछ्रे मुनाल, काँडे भ्याकुर र तल्लो बेसी क्षेत्रमा कालिज, धनेसबाज, गरुड कोकले लगायत दर्जनौ प्रजातीका चराचुरुङ्गीहरु पाइन्छ ।


भारतपट्टि सिंहलिला संरक्षित क्षेत्र भएकाले सन्दकपुर गाउँपालिकाको माथिल्लो क्षेत्रमा वन्यजन्तु र चराचुरुङ्गीहरु आरक्षण क्षेत्रबाट सहजै आउजाउ र बसोबास गर्ने गरेका छन् ।
सन्दकपुर वडा नं ५ को जौबारी र तालपोखरी क्षेत्रमा विगत ५ वर्ष अघि पुनःस्थापना गरिएको नार्क र बागबानि केन्द्रले उन्नत जातका कृषि उपजको बिउ बिक्रि वितरण शुरु गरेपछि यहाँबाट बिउ लैजाने तथा अध्ययन अनुसंन्धान र कृषि अवलोकन भ्रमणमा आउनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । हिउँमा रमाउन आइपुगेका भारतीय पर्यटकहरुलाई सन्दकपूर गाउँपालिका अध्यक्ष उदय राईले स्वागत गरेका थिए । भारतको विभिन्न राज्यबाट भ्रमणमा आएका पर्यटकहरुलाई राईले स्वागत गरेका हुन् ।
हेर्नुहोस हिउँले भरिएको जौबारीका तस्बिरहरु : 

प्रतिक्रिया
सम्बन्धित समाचार