माई । इलामको माई नगरपालिका १ को १३ कुने सीमसार क्षेत्रमा महोत्सव आयोजना हुने भएको छ । पर्यटन प्रवद्र्धन गर्नका लागि माई नगरपालिका सहित स्थानीय थुप्रै संघसंस्थाहरु सक्रिय भएका छन् ।
पर्यटन प्रवद्र्धनका लागि पुश ८ गतेबाट ११ गतेसम्म महोत्सव आयोजना हुनेछ । महोत्सवमा विभिन्न जातिको सास्कृतिक झाँकी, खुल्ला भलिवल प्रतियोगिता, विभिन्न सास्कृतिक कार्यक्रम, सिमसारमा बोटिङ्गको व्यवस्था, ट्रि हाउस चढ्ने व्यवस्थासँगै, राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती रहने आयोजक समितिले जनाएको छ ।
महोत्सवको आयोजनाका लागि माई नगरपालिका १ र ९ वडाबासीको सहभागितामा मुुल आयोजक समिति र बरभञ्ज्याङ्ग सामुदायीक वन उपभोक्ता समिति सह–आयोजक रहेको छ । महत्सवको सहयोगी संस्थामा माई नगरपालिका, खण्डेचुली सामुदायीक वन उपभोक्ता समिति, उद्योग बाणिज्य संघ इलाम, माई शाखा, दाजुभाई रिसोर्ट, माई नगर खेलकुद विकास समिति, जनजाति महासंघ माई नगर समन्वय समिति, युवा शसक्तिकरण समुह माई नगरपालिका रहेको छन् ।
महोत्सवमा २० हजार आन्तरिक पर्यटक भित्र्याउने योजना रहेको छ । महोत्सवमा २० लाख रुपैयाँ खर्च हुने आयोजक समितिका अध्यक्ष करसिंह राईले बताए ।