Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

बिदेशमा श्रम गर्न छोडेर स्वदेशमै स्वरोजगार बनेका थलबहादूर लुङ्गेली

बिदेशमा श्रम गर्न छोडेर स्वदेशमै स्वरोजगार बनेका थलबहादूर लुङ्गेली

  • लोकल सन्देश
  • शनिबार, असोज २३ २०७८


बिदेशमा श्रम गर्न छोडेर स्वदेशमै स्वरोजगार बनेका थलबहादूर लुङ्गेली

सन्दकपूर । देशमा रोजगारीका अवसर नदेखेर धेरै युवा वैदेशीक रोजगारीमा जाने क्रम बढ्दो छ । तर इलामको सन्दकपूर ३ सुलुबुङ युवा थलबहादूर लुङ्गेली कतारको रोजगारी छोडेर गाउँमा बाख्रा पालन गरि सफल उद्यमी भएका छन् ।
वैदेशीक रोजगारीका लागि कतार पुगेका इलामको सन्दकपूर ३ सुलुबुङ्गका थलबहादूर लुङ्गेलीले दिनभर काम गरेपनि राम्रो आम्दानी हात पार्न सकेनन् । दुई लाख खर्चेर वैदेशीक रोजगारीमा कतार पुगेका लुङ्गेलीले ६ वर्षसम्म काम गरे । कतारमा बिहान ६ बजेदेखि बेलुकी १० वजेसम्म काम गरेपनि आम्दानी राम्रो नभएपछि गाउँमै दुःख गर्ने निर्णयका साथ स्वदेश फर्के ।
कतारबाट स्वदेश फर्किएका लुङ्गेलीले २०७३ मा बाख्रापालन फार्म दर्ता गरे । शुरुमा चार माउ बाख्राबाट व्यवसायीक बाख्रा पालनमा लागेका लुङ्गेलीको फार्ममा अहिले ५० वटा बाख्रा रहेका छन् । डाले घाँस र चरन क्षेत्र रहेको जमिन प्रशस्त भएकाले लुङ्गेलीलाई बाख्रा पालनका लागि घाँसको समस्या भएन ।
विदेशमा १२ घण्टा काम गरेपनि ६ वर्षमा आफ्नो लगानी उठाउनै समस्या भएको बताउने लुङ्गेली अहिले परावारसँगै बसेर प्रत्येक वर्ष तीन लाखसम्म आम्दानी गर्दै आएका छन् ।
बाख्रा फार्म निर्माणका लागि सन्दकपूर गाउँपालिकाले ५० हजार आर्थिक सहयोग गरेको थियो । कोरोना माहामारीका कारण बाख्रा खरिद गर्ने तराईका व्यापारी पुग्न नसकेपनि अहिले स्थानीय बजारमै बाख्रा बिक्रि हुँदै आएको छ । विदेशमा ज्यानको जोखिम राखेर काम गरेपनि आम्दानी गर्न नसकेपछि घर फर्किएर श्रीमान्ले बाख्रा पालन गरि आम्दानी राम्रो गरेपछि थलबहादूरकी श्रीमति गिता लुङ्गेलीलेपनि खुशि भएकी छन् ।
कुनैपनि पेशालाई निरन्तर रुपमा लागेमा स्वदेशमै राम्रो आम्दानी दिन सकिने उदाहरण लुङ्गेली परिवार भएको छ । व्यवसायीक रुपमा गरिएको बाख्रा पालनबाट गरेको आम्दानी देखेर अहिले गाउँका युवाहरु पनि बाख्रापालन तर्फ आकर्षित भएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार