सुर्योदय । बादलुको घुम्टो हटेपछि इलामको सूर्योदय नगरपालिका भित्रका पर्यटकीयस्थलमा चहलपहल बढेको छ । मौसममा सुधार आएपछि पर्यटीयस्थलहरुमा आन्तरिक पर्यटकको आवगमन बढेको हो ।

हरियो चिया बगान, नेपाल र भारतका सहरहरुको दृश्यावलोकनका लागि अहिलेको मौसमले पर्यटकलाई पनि साथ दिएको छ ।
लामो समयपछि वर्षात रोकिएसँगै पर्यटकीयस्थल र हरिया चिया बगानमा रम्ने पर्यटकको संख्या पनि बढ्दै गएको हो ।

हेर्नुहोस् तस्बिरमा हरियाली सुर्योदय
