Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा कोरोना विरुद्धको खोप धमाधम लगाइँदै

इलाममा कोरोना विरुद्धको खोप धमाधम लगाइँदै

  • सुजन तिमल्सिना
  • बिहिबार, साउन २१ २०७८


इलाममा कोरोना विरुद्धको खोप धमाधम लगाइँदै

इलाम । कारोना रोग विरुद्धको खोप इलाममा अभियानको रुपमा संचालन भएको छ । इलामका १० वटै स्थानीय तहका खोप केन्द्रमा कोरोना रोग विरुद्धको खोप धमाधम लगाइदै आएको हो ।
सरकारले उपलब्ध गराएको भेरोसिल्ड र जोन्सन एण्ड जोन्सनको खोप उमेर समुहका आधारमा लगाइदैँ आएको छ । इलाममा साउन १२ गतेदेखि सर्वसाधारणमा भेरोसिल्ड खोप लगाउने काम शुरु भएको थियो । भेरोसिल्ड खोप ५५ वर्ष र सो माथिको उमेर समूहका सर्वसाधारणलाई कोरोना रोग विरुद्धको खोपको पोहिलो डोज लगाइएको छ ।
साथै विश्वविद्यालय, विद्यालयका शिक्षक, कर्मचारी, सार्वजनीक यातायातका चालक, सह चालक र सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न कर्मचारीलाई भेरोसिल्ड खोपको पोहिलो डोज लगाइएको स्वास्थ्य कार्यालय इलामका प्रमुख बृजकुमार दासले बताए ।
इलाममा भेरोसिल्ड खोपको पोहिलो डोजका लागि २२ हजार ९ सय ८८ डोज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त भएको थियो । जसमध्ये मंगलबारसम्म २१ हजार ८ सय २५ जोड खोपको मात्रा लगाइसकिएको स्वास्थ कार्यालय इलामका खोप अधिकृत गंगाधर पञ्डितले बताए ।
एक डोज लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप १५ हजार सात सय ५० मात्रा इलाममा प्राप्त भएको छ । यो खोप लगाउने काम इलाममा साउन १७ गतेबाट लगाउन शुरु भएको छ । जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समुह, पूर्ण र अति अशक्त अपाङ्ग भएका व्यक्ति, शरणार्थी, सफाइकर्मी र वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुमा लगाइने मापदण्ड छ । जोन्सन एण्ड जोन्सन खोप मंगलबारसम्म इलाममा ५ हजार १ सय ६२ जनामा लगाइसकिएको स्वास्थ्य कार्यालयका बिष्णु ओस्तिले बताए ।
इलाममा दुवै जोड खोप लगाउने संख्यामा कोविसिल्डको ३५ सय ७२ र भेरोसिल्ड ४ हजार ६३ रहेको छ । इलाममा कोविसिल्ड खोपको पहिलो डोज मात्रै लगाएका व्यक्तिको संख्या १५ हजार ६ सय ९५ रहेको छ । २०७७ फागुन महिनामा पहिलो डोज लगाएका सर्वसाधारणले अहिलेसम्म दोस्रो डोज खोप लगाउन पाएका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार