मान्छे देखिएको स्वरुप होइन
निर्जिव वस्तु झै आकृति होइन
कहिले आफुले आफुलाइ सोधेका छौ
आफ्नै जीवनको रहस्य के हो ? भनेर
मान्छे भित्रको मान्छे बारे
यो रंगिन दुनियालाइ सधैं पत्तो भएन
जे देखियो त्यो बुझियो
सायद कसैलाई मान्छे भित्रको मान्छे थाहा हुदो हो त
मान्छेहरुले कहिल्यै गन्तव्य मोडने थिएनन्
मान्छेहरु विक्षुब्ध आक्रान्त वन्ने थिएनन्
मान्छे हरु आफै भित्र दुविधा मानिरहेका छन्
कि मान्छे को हो भनेर
कर्महरु एकातिर छन्
भाव व्यावहार अन्तै बहिरहन्छन्
यस्तै रहेछ यी रहस्यमयी मान्छेहरु
गुरुङ एमाले (झलनाथ माधव ) समुहका कार्यालय सचिव हुन्