इलाम । चिया मजदूरहरुको सम्मानमा इलाम चोक बजारमा स्थापित महिला चिया मजदूरको प्रतिमा अनावरण गरिएको छ ।
चिया मजदूरहरुको सम्मानमा इलाम चोक बजारमा स्थापित महिला चिया मजदूरको प्रतिमा विश्व मानव अधिकार दिवसको अवसरमा इलाम नगरपालिका इलामका प्रमुख महेश बस्नेत र उपप्रमुख सुशिला नेम्बाङ्गले संयुक्त रूपमा अनावरण गरेका हुन् ।

वि.सं. १९२० सालमा स्थापित नेपालको पहिलो र सबैभन्दा पुरानो इलाम चिया बगान र वि.सं. १९३५ सालमा स्थापित इलाम चिया कारखानाको इतिहासको रुपमा नगरपालिकाले प्रतिमा स्थापना गरेको थियो ।

इलाम नगरपालिका वडा नं. ७ का वडाध्यक्ष नरेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगरका प्रमुख प्रसासकीय अधिकृत काली बहादुर भुजेल तथा मानव अघिकार मञ्चका अध्यक्ष मोहन सिंह थेवेले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख महेश बस्नेतले नगर क्षेत्रको पर्यटन प्रवद्र्धन र चियाको इतिहासलाई संस्थागत गर्न पूर्वाधार निर्माणको काम गर्दै आएको बताए ।