Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माटोको मटका र खान मिल्ने कप : इलामकी सुष्मा राईको अनौठो चिया यात्रा

माटोको मटका र खान मिल्ने कप : इलामकी सुष्मा राईको अनौठो चिया यात्रा

  • रेविका तोलाङ्गी
  • मंगलबार, साउन १४ २०८२


माटोको मटका र खान मिल्ने कप : इलामकी सुष्मा राईको अनौठो चिया यात्रा

इलाम । इलामकी महिला उद्यमी सुष्मा राईले चियालाई स्वाद र सिर्जनात्मकताको नयाँ ढाँचामा प्रस्तुत गर्दै स्थानीय स्तरमै प्रेरणादायी उदाहरण बनिरहेकी छन् । साँझदेखि राति १० बजेसम्म माटोको मटकामा चिया बेच्छिन् ।

विशेष कुरा के भने, चिया सकेपछि फालिने त्यो मटका उनी आफैले सफा गरी हातले बनाएको फूलले सजाएर सजावटको सामग्रीमा बदल्छिन् । साथै, उनले बजारमा ल्याएको ‘चिया चपाउ’ नामको खान मिल्ने कपले ग्राहकलाई चिया सँगै चपाउने रमाइलो अनुभव दिन्छ।

स्थानीय कोदो, फापर र मकै बाट तयार गरिने मिठाइहरू पनि उनकै फ्याक्ट्रीमा उत्पादन हुन्छन्, जसले इलामका थुप्रै युवालाई रोजगारी दिएको छ।  सुष्मा राईको यो सानो तर अर्थपूर्ण प्रयासले चिया संस्कृतिमा नयाँ स्वाद मात्र होइन, सृजनशीलता र आत्मनिर्भरताको सन्देश पनि बोक्छ

प्रतिक्रिया
सम्बन्धित समाचार