Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

कृषिजन्य उत्पादनलाई ब्रान्डिङ गरेर चिनारी गराउँदै रोङ

कृषिजन्य उत्पादनलाई ब्रान्डिङ गरेर चिनारी गराउँदै रोङ

  • गोविन्द पौडेल
  • आइतबार, साउन ५ २०८२


कृषिजन्य उत्पादनलाई ब्रान्डिङ गरेर चिनारी गराउँदै रोङ

रोङ । इलामको रोङ गाउँपालिकाले उत्पादन गरेको वस्तुहरुलाई ब्रान्डिङ गरेर बजारमा ल्याएसगै देश बिदेशमा रोङको चिनारी हुन थालेको छ । रोङ गाउपालिकाले स्थानीय स्तरमा उत्पादन हुने कृषिजन्य सामाग्रीहरुलाई प्रशोधन गरेर बजारमा ‘रोङ’ ब्रान्डमा बजारमा ल्याएसंगै चर्चा पाएको छ । कृषि उपजहरुको प्रसोधन संगै गाउँपालिकाले तालिम र अनुदान सहयोग गर्दै आएको छ ।

गाउँपालिकाले स्थानीय उत्पादन सिस्नु, गुन्द्रुक ,चिया, करेलाको सुकुटी ,मह, पानी, अचार लगायतका सामाग्रीहरुलाई उत्पादन र प्रर्वद्धन गर्दै आएको छ । यी बस्तुहरु बजारमा आएपछियी बस्तुहरु देश बिदेशमा पुग्दा उपभोक्ताहरुमा रोङ के हो ? कहाँ छ ? जस्ता खुल्दुलि बढेको र यसको वारेमा अरु देशका साथिहरुले पनि जान्न खोजेको कुवेतमा रहेकी मुना पौडेलले बताइन ।

स्थानिय स्तरका उत्पादन प्रसोधनबाट किसानहरु स्वरोजगार र बजारीकरणसंगै रोङको पहिचान हुने भएकाले कृषि पर्यटनमा समेत टेवा पुगेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबो सुवासले बताए । उनले किसानहरुले घरायसी प्रयोजनका लागि फलाएका उत्पादन पालिकाले नीति नै बनाएर प्रोत्साहन गरेसंगै आम्दानीको गतिलो माध्यम बनेको बताए ।

देश अन्य स्थानीय तह उत्पादनमुखी भन्दा आयातमुखी बनिरहेको समयमा किसानका उत्पादनलाई रोङले प्रोत्साहनसंगै बजारीकरणमा सहयोग समेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार