कुटिडाँडा । इलामको रोङ गाउँपालिका अध्यक्ष सहित ४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । गाउँपालिका भित्रका जनप्रतिनिधि, कर्मचारी र सर्वसाधारणको गरिएको स्वाब संकलन गरिएकोमा गाउँपालिका अध्यक्ष समसेर राई र ३ जना कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएको हो ।
गाउँपालिका अध्यक्ष समसेर राईले आधा घण्टा अघि सामाजिक संजालमा आफु सहित अन्य कर्मचारीहरुलाई कोरोना संक्रमण देखिएको बताएका छन् । उनले संक्रमण पुष्टि भएपछि सम्पर्कमा आएका व्यक्तिमा सतर्कता अपनाउन अनुरोध गरेका छन् । गाउँपालिकाले ६९ जनाको स्वाब संकलन गरेकोमा ५९ जनाको यस अघिनै नेगेटिभ रिपोर्ट आएको थियो । गाउँपालिकामा काम गर्ने एक कर्मचारीमा कोरोना संक्रमण भएपछि एक साता अघि गाउँपालिकाले स्वाब संकलन गरेको थियो । कोरोना संक्रमणमा परेका गाउँपालिका अध्यक्ष सहित चारै जनामा लोकल सन्देश परिवार शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछ ।