आम नेपाली जनतामा खुशी आउने गरि नेपाल समाज परिवर्तनको ठुलो आशा बोकेको संविधान २०७२ मा नेपाली राजनितिक पार्टीहरुको बृहत सहमतिमा समाजवाद उन्मुख संविधान २०७२ भनेर नेपालमा नयाँ संविधान जारी भयो । त्यो पनि संविधानसभाबाटै आयो । यो आफैमा नेपाली जनताको लागि सौभाग्य ठान्नु पर्छ ।अधिकार सकेसम्म धेरै नेपाली जनताले पाउने गरी बनेको संविधानले पक्कै पनि नेपाललाई नितिगत मात्रै नभै विधिगत रुपमा पनि नेपालमा नयाँ नेपालको सुरुवात गरियो ।
गणतन्त्र, संघियता, धर्म निरपेक्षता जस्ता महत्व बोकेको संविधान जस्को विशेषताहरु मुख्य रुपमा १९ सौ बिशेषताहरु बोकेको छ । यो समग्र विशेषताहरु गहिरो अध्ययन र विश्लेषण गर्दा आम नेपाली जनता खुशी हुनु नै पर्दछ । यसको बिषयमा आगामी दिनमा म ब्याख्या गर्दै जाने नै छु । तर आज म आश कुरा संविधानको शिर्षकमा नै उल्लेख भएको कुरा समाजवाद उन्मुख संविधान भन्ने बिषयमा थोरै चर्चा गर्न लागिरहेको छु । समाजवाद उन्मुख संविधान भनेर नेपालमा २०७२ को संविधान जारी त गरियो । तर यसको खास अर्थ के हो ? के नेपालमा समाजवाद सम्भव छ त ? समाजवाद आफै आउँछ की ल्याउने हो त भन्ने बिषयमा नै मुख्य त आज चर्चा गर्नेछु ।
नेपाल समाजको मात्रै नभएर खास गरी मानव जातिको लागि एउटा राम्रो शासन व्यवस्था हो समाजवाद जसले प्रमुख रुपमा वर्गिय विभेदलाई अन्त्य गर्नेछ । समाजवाद आफैमा सामान्य विषय हैन् नेपाली जनताको त्याग, तपस्या, बलिदान अनि समयको मागले नेपाललाई समाजवादको दिशामा अघि बढ्न निर्देशन ग¥यो । यसलाई नेपाली राजनितिका नेताहरुले बुझे र संविधानमा नै समाजवाद उन्मुख संविधान भनेर लेखे । तर समाजवादका राम्रा र नराम्रा बिषयमा भने आम नेपाली जनतासम्म पुग्ने गरी बुझाइएन समाजवाद यस्तो शासन व्यवस्था हो ।
एक हिसाबले हेर्दा यो आफै आउने व्यवस्था हैन् । समाजवाद पुजीँवाद संगको संर्घषबाट आउने हो । तर समयको माग र निर्देशनको हिसाबले हेर्दा फेरी आफै आउने व्यवस्था पनि हो । सारमा भन्नुपर्दा समाजवाद ल्याइने र आउने दुवै बिषय हो । खास गरी समाजवादका पक्ष र बिपक्षको बिषयमा भने बुझ्न जरुरी छ ।
समाजवादका सकारात्मक पक्षहरु
१. भेदभाव रहित राजनितिक तथा आर्थिक प्रणाली
२. समानता र न्यायपुर्ण प्रणाली
३. सहभागितामुलक र सहकारिता भावना
४. गरिबीको अन्त्य
५. उत्पादनका साधनहरुको समान वितरण
६. एकले सबैका लागी र सबैले एकका लागि काम गर्ने
७. व्यक्तिगत महत्वकांक्षा निरोध
८. प्राकृतिक स्रोत र साधनको समुचित उपयोग
९. राष्ट्रिय पुँजीको विकास
१०. राज्यबाट आधारभुत कुराको सुनिश्चिता
समाजवादका नकारात्मक पक्ष
१. व्यक्तिग सम्पतीको नियन्त्रण प्रणाली
२. पुँजीको विकासलाई महत्व नदिनु
३. निजी उद्योग र कम्पनी निर्माणमा रोक
४. नाफालाई महत्व नदिनु
५. बजारको नियन्त्रणमा रोक
६. धन सम्पती कमाउन र व्यक्तिग सम्पती कमाउन रोक
७. मानव अधिकारी कटौती हुन
खासगरी बुझनुपर्ने कुरा यो हो की समाजवादमा सकारात्मक र नकारात्मक पक्ष किन हुन्छ ? हरेक वस्तु वा व्यवस्थाका दुई वटा पक्षहरु हुने गर्दछन् । यो आफैमा प्राकृतिक नियम हो एवम प्रकारले समाजवाद वा अन्य कुनै पक्षहरु हुन्छ भनेर बुझ्दा उपयुक्त हुन्छ । समाजवादका सकारात्मक पक्षहरु जो १० बुँदामा उल्लेखित छन् । यी पक्षहरु विभिन्न खालको उत्पीडनमा परेका जनताका लागि अति आवश्यक र अनिवार्य पक्षहरु हुन् । संगै समाजवादका नकारात्मक पक्षहरु जो छन् । यो आफैमा दलाल नोकरसाह पुँजीपत्ती बर्गका लागि अति आवश्यक र अनिवार्य पक्षहरु हुन् ।
दलाल नोकरसाहि पुँजीपत्ती बर्गले कुनै पनि हालमा समाजवाद आउन दिँदैन त्यसैले समाजवादी क्रान्ति सम्पन्न गर्नका लागि अनिवार्य समयको साथ चाहिन्छ । तर नेपालमा भने वृहत जनसहभागिता र समयले साथ दिएको छ । तर समाजवादी क्रान्तिको नेतृत्व विधिगत हिसाबले भन्नु पर्दा सरकार आफैले गर्ने हो यसको क्रमागत रुपमा आधारहरु एकपछि अर्को गर्दै तयारी गर्दै अगाडी बढ्ने हो र समय अनुकल परेर समाजवादी व्यवस्था लागु गर्ने हो । यदि समय अनुकुल परेन भने लागु गरेको समाजवादी व्यवस्था पनि पुनः दलाल नोकरशाहि पुँजीवादी व्यवस्थामा फर्किनेछ ।
यी तमाम बिषयमा आज आम नेपाली जनताले समिक्षा गर्नुपर्ने बिषय बनेको छ । के नेपाली राजतिक पार्टीका नेताहरु विभिन्न विभागका ठुला ओहदाका सरकारी कर्मचारीहरु अनि सरकार र सरकारका मन्त्रीहरु नेपालको संविधानमा उल्लेख भएका कुरा समाजवाद उन्मुख संविधान २०७२ लाई पालना गर्दैछन् त ? के समाजवादी व्यवस्थालाई बुझेका छन् त ? या वेवास्ता गर्दै छन् भन्ने बिषयलाई आम नेपाली बुद्धिजिवी नागरिकहरुले मुल्याङ्कन गरी अर्थात मनन गरी अगाडी बढ्न आजको मुख्य आवश्यकता हो । मन्त्रीहरु विभिन्न शिर्षकमा बजेट निकासा गरी कमाउने प्रतिस्पर्धामा छन् ।
नेताहरु एवम तरिकाले आफै कमाउने सेटिङ्गमा छन् । सरकारी कर्मचारीहरु मन्त्रीसंग मिलेर नत्र सके सम्म नमिलिकन कमाउने प्रतिस्पर्धामा छन् । नेताहरु साना देखि ठुला योजनाको काममा लाइनमा बसेका छन् । सकेसम्म सरकारी सम्पती देखि व्यक्तिको सम्पतीसम्म आफ्नो बनाउने क्रममा छन् । निजि उद्योग र कम्पनीहरुलाई साथ दिएर प्रति महिना कमिसन खाने लाइनमा देखिन्छन् । सरकारी सेवा सुविधा देखि लिएर घुस सुविधा अर्थात भ्रष्टचारी सुविधि नितिगत रुपमा नै लिने गरेका छन् । सरकारको निति तथा कार्यक्रम हेर्दा दलाल नोकरसाह पुँजिवादलाई प्रोत्साहन दिएको पाइन्छ । एवम प्रकारको प्रवृति हावी भएकाले सरकार, सरकारका मन्त्रीहरु, विभिन्न पार्टीका अधिकांश नेताहरु र ठुला ओहदाका सरकारी कर्मचारी देखि लिएर साना ओहदाका सरकारी कर्मचारी मिलेर समाजवादलाई मार्दैछन् ।
समय र नेपाली जनताले साथ दिएता पनि समाजवादका विरुद्ध नितिगत रुपमा नै जो अगुवा उसैले मार्दैछन् । त्यसैले यी बिषयमा स्वच्छ एवम नैतिकवान नेपाली नागरिकले खबरदारी गर्ने समयको माग हो । समाजवादी व्यवस्थाको दश सकारात्मक पक्षहरु मध्ये कुनै एउटा बुँदाका पक्षमा पनि देखिदैन् । शासकहरुले गरेको दिन प्रतिदिनको व्यवहारको सार हेर्दा मार्दैछन् समाजवाद । जो व्यवस्थाका विरोधी मानसिकता नहोला तर दलाल नोकरसाह पुँजीपति व्यवस्थाका परम्परागत संस्कारलाई प्रयोग गरी शासन व्यवस्था संचालन गर्नु नै समाजवादलाई मार्नु हो ।