Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

कतार विश्वकपको खेल तालिका सार्वजनिक

कतार विश्वकपको खेल तालिका सार्वजनिक

  • सन्देश सम्वाददाता
  • बिहिबार, साउन १ २०७७


कतार विश्वकपको खेल तालिका सार्वजनिक

सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको खेल तालिका सार्वजनिक गरिएको छ। जसअनुसार कतार विश्वकपको उद्घाटन नोभेम्बर २१ तारिखमा अल बायत रंगशालमा हुनेछ। ६० क्षमता हजार दर्शक अट्ने रंगशालामा उद्घाटन खेल हुने छ। यसैगरी विश्वकपको फाइनल खेल ८० हजार दर्शक क्षमता रहेको लुसेल रंगशालामा १८ डिसेम्बरमा हुनेछ।

प्रतियोगिताको समुह चरणका बेला हरेक दिन चार वटा फरक रंगशालामा चार खेल हुनेछन। कतारको खलिफा रंगशालामा प्लेअफ र तेस्रो स्थानका लागि खेल हुनेछन। यसअघि जुन र जुलाईमा हुँदै आएको प्रतियोगिता पहिलो पटक नोभेम्बरमा हुने भएको हो। कतारमा जुन जुलाईमा अत्याधिक गर्मी हुने भएकाले विश्वकप फुटबल नोभेम्बरमा सारिएको हो।

र याे पनि : नारीको जननेन्द्रीय जस्तो आकारको रंगशाला

प्रतिक्रिया
सम्बन्धित समाचार