Local Sandesh शनिबार, असोज १७ २०८३
  • ट्रेण्डिङ :

रेडहर्स इलामको प्रतिद्धन्द्धी नेपाल पुलिस

रेडहर्स इलामको प्रतिद्धन्द्धी नेपाल पुलिस

  • सन्देश सम्वाददाता
  • शनिबार, असोज १० २०८३


रेडहर्स इलामको प्रतिद्धन्द्धी नेपाल पुलिस

इलाम :  रेडहर्स फुटबल क्लब इलाम र नेपाल पुलिस क्लब तेस्रो पथरीशनिश्चरे गोल्डकप–२०८३ मा भिड्ने भएका छन् । पहिलोपटक पथरीशनिश्चरे गोल्डकपमा सहभागी भएको इलामले असोज २० गते चौथो क्वाटरफाइनलमा नेपाल पुलिस क्लबको सामना गर्न लागेको हो। प्रतियोगिता असोज १७ देखि २६ गतेसम्म पथरीशनिश्चरेमा सञ्चालन हुनेछ ।

रेडहर्सले पछिल्ला दुई प्रतियोगितामा भने अपेक्षित नतिजा निकाल्न सकेको छैन। गत सेप्टेम्बर २२ मा कालेम्पोङमा आयोजित अल इन्डिया गोल्डकपमा असमस्थित कार्बी आङ्लोङसँग रेडहर्स  १–० गोलले पराजित भएको थियो। त्यसअघि गत भदौमा भएको तेस्रो चितवन गोल्डकपमा देवदह ब्वाइजसँग रेडहर्स ६–० गोलको फराकिलो अन्तरले पराजित भएको थियो।

पथरीशनिश्चरे गोल्डकपको विजेताले ६ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ। उत्कृष्ट खेलाडी, उदयमान खेलाडी तथा विधागत उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार प्रदान गरिनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार