नयाँबजार । माईजोगमाई गाउँपालिकामा थप ६ जनाको र्यापिड टेस्ट गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय इलामबाट गएको टोलीले सोयाङ स्वास्थ्य चौकीमा ६ जनाको टेस्ट गरेको हो । त्यसअघि गाउँपालिकाको कार्यालयमा १० जनाको टेस्ट गरिएको थियो । तेश्रो देशका नागरिक र विभिन्न देशबाट घर फर्किएका नागरिकहरु कसैमा पनि कोरोनो लक्षण नदेखिएको गाउँपालिका अध्यक्ष जित बहादुर राईले जानकारी दिए । कोरोनाको जोखिम बढिरहेको अवस्थामा सरकारले लागु गरेको लकडाउन पुर्ण पालनाका लागि गाउँपालिका अध्यक्ष राईले अपिल गरे ।