इलाम । इलामका क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको कोरोना भाइरस (कोभिड–१९) को परीक्षण शुरु गरिएको छ । प्रदेश १ सरकार मार्फत इलाममा ¥यापिड डाइगोनोस्टिक टेष्ट किट आइपुगेपछि स्वास्थ्यकर्मीको टोलीले क्वारेन्टाइनमा बसेकाहरुको परिक्षण थालिएको हो ।
जिल्लाका १० वटै स्थानीय तहमा बनाइएका क्वारेन्टाइनमै स्वास्थ्य परीक्षण सुरु गरिएसँगै सोमबार इलाम र सूर्योदय नगरपालिकाका क्वारेन्टाइनमा बसेकाको स्वास्थ्य परिक्षण गरिएको हाे । प्रदेश कार्यालयबाट एक सय २० थान किट इलाम आइपुगेको जिल्ला स्वास्थ्य कार्यालय इलामका प्रमुख बृजकुमार दासले बताए । ।

लकडाउनको समयमा बाहिरबाट आएका र बाहिरी मासिनको सम्पर्क पछि क्वारेन्टाईनमा बसेका मानिसको स्वास्थ्यकर्मीले क्वारेन्टाइनमै पुगेर स्वास्थ्य परीक्षण गरेका हुन् । सोमाबार इलाम नगरपालिकाको क्वारेन्टाइनमा बसेका तीन र सूर्योदय नगरपालिकाको क्वारेन्टाइनमा बसेका तीन जनाको परिक्षण गरिएको नेगेटिभ रिपोर्ट आएको छ । आरडिटी किट आईपुगे पछि इलाममा स्वास्थ्य परिक्षणमा सहज भएको र परीक्षणको काम सबै स्थानीयका क्वारेन्टाइनमा गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
आरडिटी गर्दा र्यापिड टेस्ट नेगेटिभ रिर्पोट देखिएका व्यक्तिलाई घर पठाइने र पोजेटिभ रिर्पोट देखिएकालई क्वारेन्टाइनमै राखेर स्वाब परीक्षण गरिनेछ । इलाममा हाल १४ जना संस्थागत क्वारेन्टाइनमा राखिएको छ ।
इलाममा २ सय ४७ वेडको संस्थागत क्वारेन्टाइन निर्माण गरिएको छ । विदेशबाट आएकामध्ये ४ सय १२ जना होम क्वारेनटाइनमा रहेको कोरोना संक्रमण तथा व्यवस्थापन केन्द्रका सुचना अधिकारी सफल पोर्तेलले बताए ।