Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

चिनियाँ राष्ट्रपतिलाई प्रचण्डको पत्र, नेपाललाई सहयोग गर्न अपिल

चिनियाँ राष्ट्रपतिलाई प्रचण्डको पत्र, नेपाललाई सहयोग गर्न अपिल

  • सन्देश सम्बाददाता
  • आइतबार, चैत्र १६ २०७६


चिनियाँ राष्ट्रपतिलाई प्रचण्डको पत्र, नेपाललाई सहयोग गर्न अपिल

काठमाडौँ  सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको नेपाललाई सहयोग गर्न अपिल गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पत्र पठाएका छन् । तीन दिनअघि पठाइएको पत्रमा उनले कोरोना महामारी नियन्त्रण गर्न सफल भएकोमा राष्ट्रपति सीलाई बधाईसमेत दिएका छन्।

‘चीनले कोरोना संक्रमणलाई सफलतापूर्वक नियन्त्रण गरेको मैले मिडियाहरुका समाचारबाट थाहा पाएको छु,’ उनले पत्रमा भनेका छन्, कोरोना भाइरससँगको यो लडाइँमा जित हात पारेकोमा म नेकपाका तर्फबाट बधाइ दिन्छु। अध्यक्ष दाहालकी स्वकीय सचिव गंगा दाहालले उनले तीन दिनअघि पत्र पठाएको बताइन्। मार्च २६ को मिति राखिएको पत्र चिनियाँ दूतावासमार्फत् पठाइएको भने होइन।

प्रतिक्रिया
सम्बन्धित समाचार