Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नेपाली तुङ्बामा कुहिरेको मोह : मरेर नर्क गए पनि तोङ्बा खान पाइयोस्

नेपाली तुङ्बामा कुहिरेको मोह : मरेर नर्क गए पनि तोङ्बा खान पाइयोस्

  • याकप कसेल
  • बिहिबार, मंसिर १२ २०७६


नेपाली  तुङ्बामा  कुहिरेको मोह  : मरेर नर्क गए पनि तोङ्बा खान पाइयोस्

काठमाडौं । नेपाल आएपछि त्यो दिन मैले पहिलोपटक मुवाको इमेल पाएको थिएँ। अंग्रेजीको एउटा उक्ति ुइट नेभर रेन्स, इट पोअर्सु भनेझैं इमेल एक्लै आएन, अरू समस्या पनि बोकेर ल्यायो।

मुवाको इमेलमा म नेपालमा के गर्दैछु, कसरी बसिरहेको छु भन्ने जिज्ञासा थियो। मुवा ुइम्टिनेस सिन्ड्रोमु बाट गुज्रिरहनुभएको थियो। जुन प्रायः आमाबाबुले आफ्ना छोराछोरी पहिलोपटक घर छाडेर जाँदा महशुस गर्छन्। त्यसैले मुवा विभिन्न बहाना पारेर म नेपाल आएदेखि नै फोनमा किचकिच गरिराख्नुभाथ्यो। उहाँको कचकचे बानी मलाई मनपरिरहेको थिएन।

केही दिनदेखिको आफ्नो व्यवहारबारे मुवा आफैंले माफी माग्नुभयो। मलाई आएको अर्को एउटा इमेल मैले म्याडिसनबाट पठाएको चिठीको जवाफ थियो, पेइजले पठाएकी। पेइज मेरी भूतपूर्व गर्लफ्रेन्ड थिइन्।

पेइजको इमेल देखेर छक्क परेँ। म अमेरिका छाडेर नेपाल आउने कुराले उनी धेरै रिसाएकी थिइन्। त्यही कारण हाम्रो सम्बन्ध टुटेको थियो। अहिले लाग्छ, २२ वर्षअघि नै भाग्यले मलाई ुयाकप तेरो जीवनसाथी नेपालतिरै छ हैु भनेर संकेत गरेको थियो।

जीवनसाथी भेटिन त्यसपछिका १८ वर्ष लाग्यो। तर भेट्नेबित्तिकै मनमा एउटा मिठो अनूभूति पलाएको थियो, ुयाकप यु विल इन्डेड अप म्यारिइङ दिस गर्ल( तिमी यही केटीलाई बिहे गर्नेछौ।ु म र श्रीमतीको प्रेम कहानी कुनै दिन सुनाउँला।

त्यतिखेर भूतपूर्व गर्लफ्रेन्डको सन्देश नेपालमा आउनु अस्वाभाविक थियो। तर पेइजलाई मेरो चिठीले उत्साह दिएको थियो रे। सुनेर खुसी लाग्यो। मैले इमेल पठाएका बेला उनको मिल्ने साथीको कार दुर्घटनामा मृत्यु भएको थियो, दुर्घटनाभन्दा पनि आत्महत्या।

पेइजको जिन्दगीले एकखाले उतारचढाव लिइरहेको थियो। पछि पेइजले भारतीय नागरिकसँग बिहे गरिन्।

त्यो दिन टन्नै इमेल आएका थिए। झन्डै ५० वटा पठाउन पनि भ्याएँ। तीमध्ये जोन र जेसिकाले तत्कालै रिप्लाइ गरे। जोन जहिल्यै साथीको घर गएर चुरोट तान्थ्यो। खै किन हो उसलाई आफ्नो अपार्टमेन्टमा कहिल्यै तान्न मन लाग्दैन थियो। अहिले पनि त्यसै गर्ने रहेछ। जेसिकाको भने ब्वाइफ्रेन्ड भएछ, उसलाई एकदम माया गर्छ रे।

इमेल पठाएर म चाबहिलको होस्टघर गएँ, म त घरै भन्छु। घरमा परिवारसँग साँझको डिनर खान चाहन्थेँ। विनोद दाइ भोलिपल्टै ब्यांकक र लगत्तै फिलिपिन्स जाने तयारीमा हुनुहुन्थ्यो। सामुदायिक रेडियो सगरमाथामा आबद्ध विनोद दाइ नेपालको सञ्चार जगतमा चिनिएका व्यक्ति हुनुहुन्थ्यो। मैले थाहा पाएअनुसार उहाँ कुनै अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन जाँदै हुनुहुन्थ्यो।

विनोद दाइ त्यति हाँस्नु हुन्नथ्यो। महत्वपूर्ण कुरा भनेर बाटो लागिहाल्ने बानी उहाँको। कपाल भने सधैं चटक्क र राम्रो पारेर छोटो काटिएको हुन्थ्यो। मैले कहाँ कपाल काट्नुहुन्छ भनेर पटकपटक सोधेको पनि थिएँ।

उहाँ भन्नुहुन्थ्यो, ुसैलुनमा काम गर्ने सबै हजामको कपाल हेर्नू, जसको हेयरस्टाइल सबभन्दा नराम्रो छ, उसैको हातबाट काट्नू।ु

जुन हजामको हेयरस्टाइल सबभन्दा नराम्रो हुन्छ, उसले अरू सबै हजामको कपाल राम्रोसँग काटेको हुन्छ रे। मैले पछि त्यसै गर्न थालेँ। अझै पनि सबभन्दा नराम्रो हेयरस्टाइल भएको हजामबाटै कपाल कटाउँछु।

अब त्यही दिनको कुरा सुनाउँछु, विनोद दाइ रिसाउनुभएजस्तो लाग्थ्यो। उहाँको कम्प्युटरका डाटा केही कारणवश हराएका थिए। मैले आफ्नो कम्प्युटर चार्ज गर्न पावर आउटलेट प्रयोग गर्ने भएकाले मेरै कारण हराएको भन्ने उहाँलाई लागेको हुनसक्थ्यो। वा, नरिसाएको पनि हुन सक्थ्यो। मनमनै चित्त भने दुखिरह्यो।

घर पुग्दा सबै खाना खाँदै थिए। खाना सकिसकेको थियो। अप्ठ्यारो पनि लाग्यो। खल्तीमा हजार रूपैयाँबाहेक पैसा थिएन। ट्याक्सीवालालाई हजार दिँदा झर्को मान्थ्यो, रिसाएर फन्किन्थ्यो पनि होला। काठमाडौंमा ट्याक्सीवाला रिझाउन कम्ता गाह्रो छैन। बरू रिसाएकी श्रीमतीलाई तिकडम गरेर फकाउन सकिन्छ, ट्याक्सीवालालाई सकिन्न। मिटरमा जाने भन्यो भने उनीहरूको ब्लड प्रेसर बढ्छ।

विनोद दाइसँग सय रूपैयाँ उधारो मागेँ र गैरीधाराको प्रोग्राम हाउस जान हिँडे। एउटै ट्याक्सी भेटिनँ। विनोद दाइको सय रुपैयाँ खर्च भएन। अँध्यारो सडकमा लुखुरलुखुर हिँड्नुको विकल्प थिएन। प्रोग्राम हाउसमा मैले जेम्स र एन्टलाई भेटेँ। उनीहरू पनि भोलिपल्ट काठमाडौंनजिकै दक्षिणतिरको गाउँ जाने तयारीमा थिए। जेम्सले रक्सी ल्याएको थियो, मैले रूचि देखाइनँ।

दिउँसो म तबला र सितारबाजासहितको कन्सर्ट गएको थिएँ। पूर्वीय संगीतमा तबला र सितार महत्वपूर्ण बाजा हुन्। सितारवादकले बेजोड बजाएको थियो। ऊ राजदरबारको तबला कोर्टबाट भर्खरै रिटायर्ड भएको थियो रे१

धेरैजसो तबलावादकले हात नचिप्लियोस् भनेर चकपाउडर वा पीठो मज्जैले धसेका हुन्छन्। त्यहाँका तबलावादकले केही दलेका थिएनन्। तै पनि दमदार प्रस्तुति दिए। पछि कन्सर्टमै गाइगुइँ सुनेँ( उनका हातबाट पसिना बग्दैन रे१ त्यसैले होला, उनका पुर्खाले पुस्तौंदेखि राजदरबारको संगीतकारका रूपमा सेवा गर्न पाएका। पुस्तैनी कला नै होला, त्यसरी बजाउन सक्नुको रहस्य।

कन्सर्टमा एउटा राम्री अष्ट्रेलियन महिला निकोल पनि थिइन्। उनी मेरी साथीको साथीको पनि साथी। निकोल एकदम चाखलाख्दी थिइन्। त्यतिखेर निकोल काठमाडौंमा लामो समयदेखि बसिरहेका विदेशीबारे वृत्तचित्र छायांकन गर्दै थिइन्। काम सकेर भारत जाने योजना थियो उनको। नेपाल, भारत लगायत दक्षिण एसियाली मुलुकको भूराजनीतिक विषयमा अत्यन्त रूचि थियो उनलाई। निकोलसँग त्यति कुराकानी गर्न नपाएकोमा मलाई दुःख लागेको थियो।

कन्सर्टपछि ब्रायन, एम्मा, टरेसी र म बौद्ध गयौं। बौद्धको ुडब्बल दोर्जेु रेस्टुरेन्टको खानाको चर्चा प्रायः विदेशीले गरिरहन्थे। अरू त त्यस्तै हो, तोङ्बाचाहिँ गज्जबै पाइन्थ्यो। पछि हामीलाई खोज्दै रेस्टुरेन्टमा फिल, मेलिन्डा र टिन पनि आए। पहिलोपटक तोङ्बा खान सबै उत्साहित। ब्रायन र मैले पहिल्यै चाखिसकेकाले हाम्रो बेग्लै फूर्ति थियो।

ब्रायनले त साहुजीलाई नेपाली भाषामै ओ, दाइ तोङ्बा दे नाु भनेको थियो। ब्रायन शेर्पा समुदायको लवजमा बोल्थ्यो। घरलाई घार र गर्दिनँलाई गार्दैन भन्थ्यो। बौद्ध टहलिरहने उसले सायद त्यतैका शेर्पा समुदायको लवज टिपेको होला१

साहुजी भने ब्रायनजस्तो गोराले नेपालीमा तोङ्बा मागेको सुनेर दंगै परे। पछि ब्रायनलाई तातो पानी पनि थपेको थप्यै गरे उनले।

तोङ्बा राख्ने भाँडा झन् सुन्दर( काठ र बाँसको, गहिरो मग जस्तोमा तामाले बेरेर बनाएको। साथमा एक थरमस तातोपानी सित्तैमा। पानी थप्दै बाँसको पाइपले सुरुप्प(सुरुप्प तानेपछि झ्याप्प(झ्याप्प लाग्छ। दुईपटक पानी थप्दा मलाई लागिहाल्ने, अरू थपेर जोखिम लिइनँ।

त्यतिखेर टिभीमा एउटा विज्ञापन खुब चलेको थियो( म्यांगो फ्रुटी, फ्रेस एन्ड जुसी।

मैले त्यो गीतलाई तोडमोड गरेँ, तोङ्बा भट्टी, फ्रेस एन्ड बज्जी तोङ्बा खाएपछि म छिनमै बजु भइहाल्थेँ, अर्थात् लागिहाल्थ्यो। तोङ्बा अनेक सर्जाम राखेर गालेको कोदो विशेष भाँडोमा राखेर तातो पानी थप्दै, रस पिउँदै खाइन्छ। प्रायः पूर्वी पहाडका जनजातिले खान्छन्। स्वाद भने तातो रक्सीझैं, अलिअलि जापानिज साके बियरजस्तो।

तोङ्बाको अर्को प्रसंग पनि छ। तीन वर्षअघि मेरी श्रीमतीको जन्मदिन मनाइरहँदा हामी एकअर्कालाई डेटु गरिरहेका थियौं। माघको चिसो। संयोगवश मेरो साथी एडम पनि चीनबाट एकहप्ते छुट्टी मनाउन नेपाल आएको थियो। अफिस भ्याएर म साँझ ७ बजेतिर श्रीमती र एडमलाई भेट्न जाउलाखेलको लेजी ग्रिन्गोु गएँ।

एडम मेक्सिकन खाना चाहन्थ्यो। म पनि श्रीमतीलाई मेक्सिकन नै ख्वाउन चाहन्थे। तर बिडम्बना, त्यो साँझ के कारणले हो मेनुमा भएको भेजिटेरियन मेक्सिकन खाना नबन्ने भयो। एडम र मेरो मनपर्ने खाना केसडिया भने तुरुन्तै आइपुग्यो। कामको चापका कारण श्रीमतीले दिउँसो खाना खान नपाएको गुनासो पनि गरेकी थिइन्। एडम र म केसडिया खाऊँ की उठौं भयो। श्रीमतीले मोहितो र सलाद खाएर चित्त बुझाइन्।

डिनरपछि एडमलाई बिदा दिएर म र श्रीमती जावलाखेल हुँदै एकान्तकुनाको ओरालो लाग्यौं। स्वीस दूतावास नपुग्दै बाटोको ठ्याक्कैअगाडि एउटा चल्तीको भट्टी छ। मैले श्रीमतीलाई परतिरको बाटो देखाउँदै बेबी बाटो काटौुं भनेँ।

उनले केही नबोली खुरुखुरु बाटो काटिन्। मैले उनको हात समाएर भट्टीभित्र लगेँ र भनेँ, आज तिम्रो बर्थ डे, स्पेसल तोङ्बा खाऔं है।

श्रीमतीले मलाई नै खाउँलाझैं आँखा तरिन्।

बल्ल थाहा पाएँ  जन्मदिनमा पनि खाना ख्वाउन सकेको थिइनँ, अनि ऊ नरिसाएर के गर्थिन् त।

जेहोस् ठुस्सै अनुहार लाएर उनी भट्टी छिरिन्। एउटा तोङ्बा मगाएँ। भत्किन लागेको पुरानो भट्टीको भित्तामा नौ बज्नै लागेको थियो। तोङ्बासँग सितन मगाउँदा सुकुटीबाहेक सबै खानेकुरा सकिएको साहुनीले बताइन्।

श्रीमती कडा शाकाहारी। भोकले रन्थनिएर होला आलु पनि छैन यो होटलमारुु भनेर साहुनीसँग झोंक्किइन्।

साहुनीले फिस्स हाँसेर जवाफ दिइन्, आलु त छाइन, मूलाको अचार चाहिँ छ। त्यै अचार दिनुस्, श्रीमतीले अर्डर गरिन्। त्यसपछि टेबुलमा राखेको तोङ्बा पाइपले सुरुप्प पारेर भनिन्, ुकुइरे भएर पनि आफ्नो गर्लफ्रेन्डको बर्थ डे मनाउन भट्टी ल्याउने हो ।

दाँत ङिच्च पार्दै हाँसिरहेँ। चुइँक्क बोलिनँ। आफूलाई गर्लफ्रेन्ड रिसाउली भन्ने कत्रो पीर पछि उनी शान्त भइन् र प्लेटभरि अचार स्वाद मानी(मानी खाइन्। सायद उनको रिस गालेको अचारको अमिलोले काढ्यो ।

साहुनीले भने अर्को तोङ्बा खान्छाु भनेर मलाई सोधिरहिन्। साहुनीको लवज ब्रायनसँग मिल्दोजुल्दो थियो। ब्रायनलाई सम्झेर मुसुमुसु हाँसिरहेँ। तर त्यो तोङ्बा २२ वर्ष अगाडि बौद्धको डब्बल दोर्जेमा खाएकोजस्तो खास्सा थिएन।

तोङ्बा मलाई ‌औधी मनपर्छ। अरू त के भनौं डियर यमराजजी मलाई नेपाली ज्वाइँ मानेर, आइ होप दे सर्भ मी तोङ्बा इन द हेल एयाज वेलु म मरेर नर्क गए पनि तोङ्बा सर्भ गर्दिनुस् है । सेतोपाटीबाट

प्रतिक्रिया
सम्बन्धित समाचार