फिक्कल : शिक्षणसँगै गायनमा सक्रिय रगुन गुरुङको नयाँ गीत पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको कन्याम लगायतका स्थानमा छायाङ्कन गरिएको छ । प्रियता एल्वममा समेटिएको गीत “गोरिमा गोरि कस्की हौ छोरी चिटिक्क परेकीको” छायाङ्कन कन्याम ,सुन्दरपानी , काजीफाटक , सिम्पानी लगायतका स्थानमा गरिएको हो । रगुन गुरुङको रचना र स्वर रहेको गीतमा टिका सुब्बाले सङ्गीत दिएका छन् । गीतमा निमा घिसिङ , भुपेन राईले मोडलिङ गरेका छन् । म्याक्स बायुङ राईले गीतको निर्देशन गरेका हुन् । सूर्योदय नगरपालिका स्थायी बसोबास गर्दै अाएका गायक गुरुङका यस अघि पनि दर्जनौ गीत बजारमा आईसकेका छन् ।