Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नेपाल राष्ट्रिय वाणिज्य संघको आयोजनामा फिक्कलमा नि:शुल्क आँखा शिविर

नेपाल राष्ट्रिय वाणिज्य संघको आयोजनामा फिक्कलमा नि:शुल्क आँखा शिविर

  • सन्देस सम्बाददाता
  • शनिबार, भाद्र ७ २०७६


नेपाल राष्ट्रिय वाणिज्य संघको आयोजनामा फिक्कलमा नि:शुल्क आँखा शिविर

सुर्योदय । नेपाल राष्ट्रिय वाणिज्य संघ सूर्योदय नगर कमिटिको आयोजनामा इलामको फिक्कलमा दूई दिने आँखा शिविर शुरु भएको छ । मेची दिपज्योति आई हस्पिटल झापाको सहयोगमा शिविर सूर्योदय नगरपालिका १० स्थित फिक्कल माध्यमिक विद्यालयको प्राङ्गणमा संचालन भइरहेको छ ।


आयोजक समितिका अध्यक्ष पुर्ण लामाको अध्यक्षता एवम राष्ट्रिय वाणिज्य संघ इलामका उपाध्यक्ष दामोदर चापागाईको प्रमुख आतिथ्यतामा शिविरको उद्घाटन गरिएको थियो । शिविरमा आँखाको सम्पुर्ण जाँच गरिनेछ ।
दुई दिवसीय निशुल्क आँखा शिविरको पहिलो दिन २ सय ५२ जनाले शेवा लिएका थिए । जसमा १७ जनामा मोतिया विन्दुका समस्या,७ जनाको आँखामा मासु पलाएको र दुई जनाको आँखाको लेन्स सफा गर्नु पर्ने समस्या देखिएको थियो ।

नेपाल राष्ट्रिय वाणिज्य संघ सूर्योदय नगर कमिटिमा संकलन भएको रकमलाई सदुपयोग गरि आँखाका बिरामीलाई सेवा दिने उदेश्यले आँखा शिविरको आयोजना गरिएको हो । शिविरमा मेची दिब्यज्योति आई अस्पतालका मार्केटिङ्ग प्रमुख मणिकृष्ण प्रसाईको नेतृत्वमा डाक्टर चन्द्रकान्त झा, करण क्षेत्री, मनकुमारी बिक, विनोद घिमिरे, सौरव राई, सितल बुडाथोकी, उर्मिला सेन्चुरीको नेतृत्वको स्वास्थ्यकर्मीको टोली खटिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार