सुम्बेकमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने

इलाम । आगामी फागुन २५ गते इलामको सुम्बेकमा एक दिने निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । इलाम नगरपालिकाको आयोजनामा हुने शिविरमा विभिन्न सातवटा रोगको परिक्षण तथा उपचार गर्ने तयारी रहेको नगरपालिकास्थित स्वास्थ्य शाखाले जनाएको छ ।
शिविरमा स्त्री रोग, हाडजोर्नी तथा नसा, छाला रोग, दाँत, महिलाको पाठेघरको मुखको क्यान्सर तथा मधुमेहको परिक्षण गरिने जनाइएको छ । यस्तै आँखा रोग, दाँतको पनि परिक्षण तथा उपचार गरिने स्वास्थ्य शाखा सह– संयोजक दमन्ता पौडेलले बताइन् ।
पौडेलका अनुसार छाला रोग, हाडजोर्नी तथा नसा रोग विषेशज्ञ भने बाहिरबाट ल्याउने र दाँत तथा आँखा र अन्य सामान्य विरामीको भने इलाम अस्पतालका चिकित्सकले परिक्षण गर्ने तयारी छ ।
सरकारले उपलब्ध गराउने ३४ प्रकारका औषधी निःशुल्क नगरपालिकाले शिविरमा उपलब्ध गराउने बताइएको छ । अपुग औषधी, औषधी व्यवसायीहरूले उपलब्ध गराउने व्यवसायी महेश श्रेष्ठले बताए ।
पाँच सय सेवाग्राहीको स्वास्थ्य परिक्षण तथा उपचार गर्ने लक्ष्य राखिएको शिविरमा नेत्र ज्योति संघ, करूणा फाउण्डेशन र प्रहरीको सहकार्य रहने जनाइएको छ । उत्तरी जमुना, माइमझुवा, माबु, प्याङ, नयाँबजारलाई समेत लक्षित गरेर शिविर आयोजना गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट

फिक्कल । सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राई प्रदेश नम्बर एकको प्रादेशिक समन्वय समितिको सदस्यमा...

इलाम– दुुध उत्पादनमा नामुद मानिने इलाममा डेरी उद्योगमा युवाको आकर्षण बढ्दै गएको छ । सानो...

फिक्कल । पूर्व प्रधानमन्त्री एव् इलाम निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद झलनाथ खनालले...

इलाम । नेपाली महिला राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले सबैभन्दा बढी गोल गर्ने पुर्व...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली १० दिन लामो उपचारपछि बिहीबार दिउँसो अस्प्तालबाट डिस्चार्ज भएका...

फिक्कल । पूर्व प्रधानमन्त्री तथा संघीय सांसद झलनाथ खनालले एक इन्च पनि नेपाली भूमी छोड्न...

एकतप्पा । ‘समानताको पुस्ता, बलात्कार विरुद्धको ऐक्यबद्धता’ भन्ने मूल नाराका इलामको फाकफोकथुम गाउँपालिका वडा नं।...

पशुपतिनगर । पाँच दिवसीय प्रथम सूर्योदय पर्यटन नगर महोत्सव आज सम्पन्न भएको छ । नगरको...
चर्चित

इलाम । इलामको सुर्योदय नगरपालिकामा रहेका जनप्रनिधिहरुले सरकारी सवारीसाधनको दुरुपयोग गर्ने...

डम्बर खडका इलामका चर्चित राजनितिज्ञ एवम निर्माण व्यवसायी हुन । २०३१...

रोङ रोङ गाउँपालिका झापासँग जोडिएको इलामको गाउँपालिका हो । गाउँपालिकामा मेची...

इलाम । आजभन्दा ५० वर्ष अगाडि इलामको आइतबारेमा लागेको हाटबजार नै...