इलाम । प्रदीप खड्का र जसिता गुरुङको मुख्य भूमिका रहेको फिल्म ‘लभ स्टेशन’ को प्रदर्शन मिति तय भएको छ । फिल्म चैत १ बाट प्रदर्शनमा आउने पक्का भएको हो । उज्वल घिमिरेको निर्देशन रहेको लभ स्टेशनको सम्पुर्ण छायांकन नेपालको पुर्वी भेगका इलाम फिक्कल ,भारतको दार्जीलिङ, कालिङपोङ, सिक्किम लगायत का क्षेत्रमा गरिएको छ । फिल्ममा प्रदीप र जसितासँगै मिस सिलगुढी श्रद्धा क्षेत्री, निरुता सिंह, सरोज खनाल, प्रकाश शाह लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
फिल्ममा आलोक शुक्लाको छायाँकन, शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहेको छ । पारिवारिक प्रेमकथामा आधारित लभ स्टेशनलाई काफिया फिल्म्स्को व्यानरमा काफिया शाही (क्रिसु) र कविर बिक्रम शाहीले निर्माण गरेका हुन् । फिल्मका निर्माता गोविन्द शाही रहेका छन् ।