Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामको सूर्योदय नगरपालिकाभर सरसफाई अभियान

इलामको सूर्योदय नगरपालिकाभर सरसफाई अभियान

  • सुजन तिमसिना
  • आइतबार, कार्तिक १८ २०७५


इलामको सूर्योदय नगरपालिकाभर सरसफाई अभियान

सूर्योदय । इलामको सूर्योदय नगरपालिकाभर सनिबार सरसफाई अभियान सम्पन्न भएको छ । प्रदेश नम्बर एक सरकारबाट पर्यटकीय नगर घोषणा भएको सूर्योदय नगरपालिकालाई सफा सुन्दर र हरियालि बनाउने उदेश्यले सफाई अभियानको सुरुवात गरिएको हो ।
सूर्योदय नगरपालिका भित्र रहेका कालोपत्रे सडक क्षेत्रको फिक्कल, भालुखोप, पशुपतिनगर, छिपिटार, हर्कटे, अन्तु क्षेत्रको सडक नाली र दाँयाबायाँ सरसफाई गरिएको नगर प्रमखु रणबहादूर राईले बताउनुभयो ।
सडक क्षेत्रमा फ्याकिएका पानीका बोतल, पान,पाराग,गुट्का चुरोटका खोलहरु, प्लास्टिकका झोलाहरु जस्ता नसड्ने फोहोरहरुको व्यवस्थापनाका लागि र आगामि दिनमा नफ्याक्न अनुरोध गर्दै अभियानको रुपमा सफाई कार्यक्रम गरेको हो । नगरपालिकाका जनप्रतिनिधि, वडाध्यक्ष, सदस्य टोल विकास संस्थाका पदाधिकारी, विभिन्न संघसंस्था, पत्रकार, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्वास्थ्याकर्मीको टोली सफाई अभियानमा सहभागिता रहको थियो ।
सफाई अभियानसँगै सूर्योदय नगरपालिका क्षेत्रभित्र पर्ने कन्याम पर्यटकीय क्षेत्रको पूर्ण सरसफाईका लागि प्रवेशद्धार हर्कटे बजारमा सहजकर्ता राख्ने नगरपालिकाले निर्णय गरेको छ ।
सहजकर्ताले सूर्योदय नगर क्षेत्रको सडकमा फोहोरमैला नफाल्न अनुरोध गर्दै सवारीसाधनमा फोहोरमैला सम्बन्धि स्टिकर टाँस गर्नेछन् । अभियानसँगै पर्यटकीय क्षेत्र कन्याममा दिनभर फोहोरमैला व्यवस्थापन गर्ने, बनभोज खान आउने पर्यटकलाई फोहोर व्यवस्थापनका लागि बोरा प्रदान गर्ने, नगर क्षेत्रका जनप्रतिनिधिहरु २ पटक अनिवार्यरुपमा सफाई कार्यक्रममा सहभागि हुने र सडक अगाडि पसल गर्ने व्यापारीले अगाडिको फोहोर आफै व्यवस्थापन गर्ने योजना रहेको छ ।
सरसफाई अभियानबाट पर्यटकीय क्षेत्र कन्याम र हर्कटे क्षेत्रमा २ गाडि फोहोर संकलन भएको सूर्योदय नगरपालिका वडा नम्बर ७ का अध्यक्ष लेखनाथ खड्काले बताउनुभयो । यस्तै नगरपालिकाले पर्यटकीय क्षेत्र कन्याम क्षेत्रको सरसफाईका लागि फोहोरमैला व्यवस्थापन सहयोगी नियुक्त गरको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार