इलाम । आज पुष २७ गते नेपालमा एक विशेष महत्वको दिनको रुपमा हेरिन्छ किनकी आजको दिन हामी नेपाली हाम्रो देश नेपाल भनेर चिनाउनको लागी नेपाल एकिकरण गर्ने महान योद्धा राजा पृथ्वी नारायण शाहको २९४ औ जन्मदिन हो आज उनको सम्झनामा पुष २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ ।
आधुनकि नेपालका निर्मात पुथ्वी नारायण शाहको जन्म वि स १७७९ साल पौष २७ गते गोरखाका राजा नरभुपाल शाह र कौसिल्यावती शाहको उत्तराधिकारीको रुपमा भएको थियो । उनी बाल्यकालदेखी नै अत्यन्त सुरविर तेजिला र मेहनती थिए । उनलाई जिवनकालको शुरुवातमा नै महाभारत रामायण शुकनिती जस्ता शास्त्रीय निती सम्वन्धी ज्ञान प्रदान गरिएको थियो ।
पुथ्वी नारायण शाहको विषयमा एउटा रोचक तथ्य के छ भने उनी गुरु गोरखनाथको छत्र छायामा हुर्किएका थिए । एकदिने गुरुले उनलाई आफुले खाएको दही खान दिदाँ उनले म जुठो खादिन भनेर फाल्दीए त्यो दही उनको खुटामा परेको थियो । दही खुटामा परेका कारण उनी जति पनि भु–भागमा जान्छन त्यती नै उनको हुनेछ भनी आशिवाद पाएका थिए यदि उनले त्यो दही खाएको भए उनी विश्व विजयी बन्थे भन्ने जनविश्वास रहेको पाइन्छ ।
उनको पहिलो विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी सुपुत्री इन्द्रकुमारीसँग विस १७९४ मा भएको थियो । मकवानपुर त्यस समयको एकदमै शक्तीशाली राज्य भएकाले राजनितिक रुपमा लाभ लिनको लागी त्यो सम्वन्ध गासिएको थियो । उनको दोश्रो विवाह काशीका अभिमानसिँह राजपुती छोरी नरेन्द्रलक्ष्मीसँग भएको थियो ।
नरेन्द्रलक्ष्मीको कोखवाट प्रताप शाह र बहादुर शाह गरी २ सन्तानको जन्म भएको थियो । विस १७९९ मा बाबु नरभुपाल शाहको मृत्यु पछि २० बर्षको उमेरमा उनले गोरखा राज्यको राजगदी सम्हालेका थिए । काठमाण्डौ उपत्यकाको राम्रोसँग अध्ययन गरिसकेका उनले पिताको आत्माले पुण्य प्राप्त गरोस भनि काशी गएर आफनो गोत्र समेत परिर्वतन गरेका थिए ।
उनले नेपाल एकिकरणको महायात्रा सुरु गरी कयौ स्थानलाई नेपाल राष्ट्रमा गाभेर ४ जात ३६ बर्णको मालको सृजना गरे । तत्कालिन समयको बाइसे चौविसे, उपत्यकाका विभाजित मल्ल राज्यहरु पुर्वका लिम्वुवान किरात क्षेत्रहरु एकिकरण गरी एउटा शसक्त राज्यको स्थापना गरेका थिए । उनी जति विर थिए त्यती नै विरहरुको कदर पनि गर्दथे । उनले विस १८०१ आश्विन १५ गते नुवाकोट विजय गरी नेपाल एकिकरणको शिलान्यास गरेका थिए ।
इतिहासमा कान्तिपुरका राजा जयप्रकाश मल्लको सहयोगका लागी भारतमा रहेका वेलायती सेनाको मेजर किनलक नेतृत्त्वको सैन्य शक्तीलाई बाटैमा पराजित गरी विदेशी प्रभावले मुक्त गरेको भनी लेखिएको छ तर पृथ्वीनारायण शाहलाई युरोपले हातहतियार दिएर सहयोग गरेका थिए ।पहिलो पटक उनी कितीपुर आक्रमण गदा कालु पाँडेले शहादत प्राप्त गरेका थिए ।
दोश्रो पटक पनि कितीपुर आक्रमणमा पनि उनी असफल रहे त्यस युद्धमा उनका कान्छा भाइ सुरप्रताप शाहको आखाँ गुमेको थियो । दोश्रो पटक कितीपुर असफल भएपछि पृथ्वी नारायण शाहले भक्तपुरको नजिकै रहेका गौकोटमा आक्रमण गरेका थिए त्यहा उनी विरुद्ध स–शक्त प्रतिकार भएको थियो ।
१५ दिनको युद्धपछि उनले त्यसक्षेत्रमा आफनो ध्वज फैलाएर नरसँहार गरेका थिए भित्रयाउन लागेको धानको कुनीउमा आगो लगाउने, अन्न जलाउने जस्ता कार्यहरु गर्न थाले नरसँहार जारी भएकाले त्यहाबाट पुरुषहरु भाग्नाले अनिकाल समेत भोग्नु परेको थियो । तेश्रो पटकको प्रयासमा किर्तिपुर माथी विजय प्राप्त गरे
ललितपुर जितेपछि त्यहाका पाँच प्रधानहरुले पुथ्वीनारायण शाहलाई राजा बन्नको लागि आमन्त्रण गरेका थिए । उनी राजा भइसकेपछि प्रधानहरु कान्तिपुर नगई बाटैबाट विदा हुन लाग्दा त्यही मारेर सवस्वहरण समेत गरेका थिए । गोरखालीहरुको यस्तो सन्काहा प्रवृतीले गर्दा चिनिया सम्राट किएन लोङले आफना अधिकारीहरुलाई अति नभएसम्म गोरखाको मामलामा हस्तक्षेप नगर्न आदेश दिएका थिए ।

भक्तपुरमा माथी विजयश्री लगाएपछि उनले त्यहा एकदमै लुटपाट मचाएको इतिहासकारहरुको भनाई छ । उनका सेनाहरुले बहुमुल्य धार्मिक ग्रन्थहरु समेत जलाइदिएका थिए । उपत्यका बिजयपछि उनले विदेशी क्रिश्चियनहरु लगायत उपत्यकाका स्थायी बासिन्दा बौध्मार्गीहरुलाई समेत देशबाट निकाला गरेका थिए । जवकी उपत्यकामा बसोवास गर्ने अधिकाँश बौद्धमार्गीहरु थिए । बिजयले पागल भएका उनले ग्रन्थ सबैका साझा हुन भन्ने कुरा समेत विर्सिएका थिए ।
मल्लकालमा उपत्यकाबाट तिव्वतको लागी मुद्रा छापेर पठाउने गरिन्थ्यो त्यसवापत नेपाललाई केही राजस्व मिल्ने गर्दथ्यो तर त्यस कार्यलाई पृथ्वी नारायण शाहले निरन्तरता दिन सकेनन । उनले आफुले लागु गरेको तानाशाही कानुन नमान्ने व्यपारीलाई कान काटेर देश निकाला गर्ने गर्थे जसबाट मल्लकालमा विकास भएको व्यपार व्यवसाय विस्तारै लोप हुदै गयो । भक्तपुरमाथी उनी हावी भएपछि त्यहा उनले एकदमै दमन गरेका थिए ।
फ्रेन्च इतिहासकार सिल्भाँ लेभीले भनेका छन गोरखाली भनेका समयभन्दा अति क्रुर अथवा दानी द्धौध चरित्रका शासक हुन । उनीहरुको जालझेलका कारण नै व्रिटिस सरकारले नेपाल विरुद्ध युद्धको घोषणा गरेका थिए । यसैका कारण २ बर्षसम्म इष्ट इण्डिया कम्पनीसँग युद्ध लडनु परेको थियो । त्यसै कारणले नेपालले तिन भागको १ भाग गुमाउनु पयो । त्यस्तै लेभीले भनेका छन । गोरखाली भनेका स्पष्ट बक्ता बोल्नको लागी तर बेइमानी जाती हुन । धोका िदिने काममा निकै माथी ।

नेपालको एकिकरणर्कता पृथ्वी नारायण शाहले वि.स १८३१ माघे सँक्रान्तिको दिन ५२ बर्षको उमेरमा नुवाकोटको देवीघाटमा देहत्याग गरे पनि उनको अभियानलाई जेठी बुहारी राजेन्द्र लक्ष्मी र कान्छा छोरा बहादुर शाहले निरन्तरता दिइ रहे । उनले शुरुवात गरेका एकिकरण कार्य पुर्वमा टिष्टा दक्षिणमा मगघ र पश्चिममा सतजल नदीसम्म विस्तार भयो पछि नेपाल अँग्रेज युद्धपछि सुगौली सन्धी सम्म पनि यो भु–भाग नेपालकै कव्जामा थियो ।
नेपाल एकिकरणको पुर्णविराम चाही उनका पनाती गिर्वाण यृुद्ध शाहको पालामा भएको नेपाल अँग्रेज युद्ध जसलाई एङगलो–नेपाल युद्ध भन्छि त्यसपछिबाट भयो । उक्त युद्धमा नेपालले आफनो सार्वभौमिक्ता बचाएपनि धेरै ठुलो भु–भाग चाही गुमाउनु पयो । जस्मा पश्चिममा हालको उतराखण्ड, हिमाञ्चल प्रदेश तथा पँजावका केही साना सतजल नदी पारीका राज्य समेत पदथ्यो भने पुर्वमा दाजिलिङ देखी लिएर टिष्टा नदीसम्मको तराइ तथा पहाडी भुभाग इस्ट इण्डिया कम्पनी सरकारलाई बुझाउनु पयो ।
सिक्कीम माथीको अधिकार समेत त्याग्नु पयो । पुथ्वी नारायण शाहको एकिकरण अभियानमा उनका प्रमुख राजनैतिक ज्योतिष कुलानन्द ढकालको ज्योतिषी तथा राजनैतिक सल्लाहको भुमीका महत्वपुर्ण थियो भन्ने जनश्रुती रहेका पाइन्छ ।