इलाम । रोजगार अनुमति प्रणाली ईपीएस मार्फत २ बर्ष ९ महिना अघि कोरिया आएका ईलाम महमाई निवासी ३५ बर्षिया अमर याक्थुङवा अचानक ढलेर बेहोस भएका छन् । सुवनको क्याथोलिक सङविन सेन्ट अस्पतालमा उपचार गराई रहेता पनि अवस्था चिन्ताजनक रहेको सहयोगी अनिल लामाले जानकरी दिनु भयो।
रोजगार अनुमति प्रणाली ईपीएस मार्फत २ बर्ष ९ महिना अघि कोरिया आएका ईलाम महमई निवासी ३५ बर्षिया अमर याक्थुङवा साेमबार विहान ८ बजे अचानक ढलेर बेहोस भएपछि सुवनको क्याथोलिक सङविन सेन्ट अस्पतालमा उपचार गराई रहेता पनि अवस्था चिन्ताजनक रहेको सहयोगी अनिल लामाले जानकरी दिनु भयो।
विमारी याक्थुङवा सहित अन्य २ जना किम्हबाट हिजो मात्र कामको खोजीमा सुवन आई सोलुखुम्बु सेवा समाज द्धारा स्थापित सेल्टरमा बसेका थिए । साेमबार ८ बजे तीर सबै जना सुति रहेको अवस्थामा बाहिर पटिको किचेकमा ठुलो आवाज आए पछि बाहिर निस्केर हेर्दा याक्थुङवा दाई ढलेको देखे पछि हत्तपत्त एम्बुलन्स बोलाएर अस्पताल लगे पनि हाल सम्म बेहोस अवस्थामा कोमामा उपचार भई रहेको सहयोगी लामाले बताए ।
अस्पतालका डाक्टरले क्रोनिक हाईप्रसोमनिया भएर ढलेको हुन सक्ने बताउदै ७२ घण्टा पछि मात्र विमारीको अवस्था बारे भन्ने सकिने बताए ।
कम्पनीमा काम नभएकोलेस्वास्थ्य विमा पनि खारेजी भएकोअवस्थामा अस्पतालबाट भोली सोमबार सम्म तुरुन्त जसरी भएपनि ५० लाख वन डिपोजिट राख्नु भन्दैछ यताउती साथीभाईहरुलाई सहयोगको लागी सम्पर्क गरि रहेको छौ । नेपालमा परिवारलाई पनि खबर गरि सकेका छौ । अस्पतालले अझै खर्च धेरै लाग्ने भन्दै छ के गर्ने रु आपत परि रहेको छ सहयोगी लामाले थपे।
विमारी याक्थुङबाले अन्दाजी २ बर्ष सम्म किम्हेको एक आल्मोनियम पगाल्ने कम्पनीका काम गरेका थिए । आल्मोनियम पगाल्नेकम्पनी कम्तीमा ७२० डिग्री भन्दा बढी तापक्रम हुन्छ । निर्धारित तापक्रम भन्दा बढी भएको कम्पनीमा धेरै काम गर्नु स्वास्थ्यको लागी हानिकारक हुने स्वास्थ्य विज्ञहरुले बताउने गरेका छन् । नेपाल काेरिया न्युजबाट