Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

मदन पुरस्कार ०७३ को ‘श्रेष्ठ सूची’ सार्वजनिक

मदन पुरस्कार ०७३ को ‘श्रेष्ठ सूची’ सार्वजनिक

  • लोकल सन्देश
  • आइतबार, असार २५ २०७४


मदन पुरस्कार ०७३ को ‘श्रेष्ठ सूची’ सार्वजनिक

काठमाडौं । मदन पुरस्कार गुठीले ०७३ सालमा निस्किएका कृतिहरुमध्येबाट पुरस्कारको दाबी गर्ने उत्कृष्ट पुस्तकहरुको सूची सार्वजनिक गरेको छ ।

पुरस्कारका निम्ति प्राप्त भएका १ सय ९५ पुस्तकमध्येबाट ‘श्रेष्ठ सूची’ छनोट गरिएको गुठीले जनाएको छ ।

गुठीका अनुसार, गठन गरिएको समितिको रोजाइमा नौ पुस्तक छनोट गरिएको र मनोनयनमा परेका यिनैमध्येबाट सर्वश्रेष्ठ एक पुस्तकलाई ०७३ सालको मदन पुरस्कार दिइनेछ ।

गत वर्ष ७ पुस्तकको श्रेष्ठ सूची निकालेको गुठीले यसपाली नौ पुस्तकको नाम छनोट गरेको छ । विगत वर्षमा एकैचोटि विजेताको नाम सार्वजनिक गर्ने गरेको गुठीले ०७२ सालबाट श्रेष्ठ सूची सार्वजनिक गर्ने चलन सुरु गरेको हो ।

यसपाली श्रेष्ठ सूचीमा परेका र मदन पुरस्कारको दौडमा रहेका नौ कृति यस प्रकार छन्:

१) गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा – पुरूषोत्तमलोचन श्रेष्ठ

२) छाउघर – राज सरगम

३) तपन – शरद पौडेल

४) दोहाको सीधा उडान – जय छाङ्छा

५) धृतराष्ट्र – घनश्याम कँडेल

६) प्रतिनायक – हरि अधिकारी

७) म स्त्री अर्थात् आइमाई – सीमा आभास

८) शुक्रराज शास्त्रीको चस्मा – राजेन्द्र पराजुली

९) सगरमाथाको गहिराइ – नवराज पराजुली

प्रतिक्रिया
सम्बन्धित समाचार