Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

कोलकत्ता हार्‍यो, मुम्बई शीर्ष स्थानमा

कोलकत्ता हार्‍यो, मुम्बई शीर्ष स्थानमा

  • लोकल सन्देश
  • आइतबार, बैशाख ३१ २०७४


कोलकत्ता हार्‍यो, मुम्बई शीर्ष स्थानमा

काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा मुम्बई इण्डियन्सले कोलकत्ता नाइट राइडर्सलाई ९ रनले हराएको छ । यो जितसँगै मुम्बईले २० अंकका साथ शीर्ष स्थान पक्का गरेको छ । हारकाे बाबजुद पनि कोलकत्ता पनि अघिल्लो चरणमा पुगेको छ ।
इडेन गार्डेनमा मुम्बईले प्रस्तुत गरेको १७३ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर १६४ रन मात्र बनाउन सक्यो । उसका लागि मनिस पाण्डेले सर्वाधिक२२ रन बनाए ।

कोलकत्तालाई सस्तैमा समेट्ने क्रममा हार्दिक पाण्डेय, विनयकुमार र टिम साउथीले २।२ विकेट लिए

यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १७३ रन बनाएको थियो । उसका लागि अम्बाती रायडूले ६३ रनको पारी खेले भने शौरभ तिवारीले ५२ रनको योगदान दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार