
काठमाडौं । दोहा अपराध अदालतले भिसाको कारोवार गर्ने एक नेपालीलाई तीन बर्षको जेल सजाय सुनाएको छ । अदालतले सजाय भुक्तान गरेपछि ती नेपालीलाई कतारवाट निश्कासन गर्न समेत आदेश दिएको छ ।
सजाय पाउने नेपालीको नाम सार्वजनिक गरिएको छैन । स्थानीय अरवीक दैनिक अलरैयाका अनुसार उनले बिजनेस र कतार आउने भिसा बिक्री गरेको थियो । ती नेपालीले एक बर्षको अवधीमा दुई सय आगमन भिसा चार लाख रियाल ९एक करोड ८० लाख रुपैया०मा विक्री गरेको अनुसन्धानमा खुलेको वताइएको छ । कान्तिपूरमा प्रकाशित