Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पत्रकार तिमसिना द्धारा निर्देशित वृत्तचित्र ‘सन्दकपुर’ भिडियो च्यालेन्ज अवार्ड’ को ३ विधामा मनोनयन

पत्रकार तिमसिना द्धारा निर्देशित वृत्तचित्र ‘सन्दकपुर’ भिडियो च्यालेन्ज अवार्ड’ को ३ विधामा मनोनयन

  • सन्देश सम्वाददाता
  • बिहिबार, असार ५ २०७६


पत्रकार तिमसिना द्धारा निर्देशित वृत्तचित्र  ‘सन्दकपुर’   भिडियो च्यालेन्ज अवार्ड’ को ३ विधामा मनोनयन

इलाम । पत्रकार सुजन तिमसिनाले लेखन एवम निर्देशन गरेको सन्दकपुर गाउँपालिकाको वृतचित्र ‘टुरिज्म डेस्टिनेसन भिडियो च्यालेन्ज अवार्ड’ को ३ वटा विधामा मनोनयमा परेको छ । सन्दकपुरको वृतचित्र पव्लिक च्वाइस अवार्ड, वेस्ट स्क्रिप्ट राइटर र मस्ट पोटेन्सियल डेस्टिनेशनका लागी छनौट भएको हो । पत्रकार तिम्सीनाको लेखन तथा निर्देशनमा बनेको भिडियोमा पत्रकार दयाराम दाहाल  निराजन खनाल, प्रेम अधिकारी, बासुदेव तिम्सीना, सन्दिप प्रधान र नमीन ढकाल लगायतको टिमले काम गरेको थियो ।
सातै प्रदेशबाट विभिन्न विधामा उत्साहजनक सहभागिताका साथ १ सय ३२ भिडियोहरु मध्येबाट निर्णायक मण्डलले विभिन्न ८ विधामा ४७ भिडियोको मनोनयन सार्वजनिक गरिएको हो ।
सन्दकपुर गाउँपालिकासंग इलामका बिजय राई मोस्ट इनर्जेटिक भिडियो मेकर अवार्डको मनोनयनमा परेका छन् । उनी सेतीदेवी नामक भिडियोबाट मनोनयमा परेका हुन । ओझेलमा रहेका पर्यटकीय थलोहरु उजागार गर्ने प्रयास अनुरुप नेपालमै पहिलो पटक अवार्ड आयोजना गरिएको हो । वि विल राइज फाउन्डेसनले नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गरी गत जनवरी देखि सुरु गरेको यस अभियानमा देश भरका प्रचुर पर्यटकीय सम्भावना भएरपनि ओझेलमा परेका पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण हुनसक्ने हाम्रा गाउँठाउँका प्राकृतिक, सांस्कृतिक सम्पदा, कला संस्कृति भेषभुषा, जातजातीको पहिचान, खानपान, कला लगायतका विषयवस्तुमा केन्द्रित रही भिडियो डकुमेन्ट्री निर्माणका लागि आह्वान गरिएको थियो ।
को– को परे मनोयनमा
पब्लिक च्वाइस अवार्ड
१) छठ पुजा – कुमार भास्कर
२) डगुरा थारु – कुलदीप न्यौपाने
३) दैलेख – टीएनएल प्रोडक्सन
४) जर्नी टु सिंगला – जम्बुलिंग फिल्म्स
५) लिग लिग पहिलो पाइला – सुदिप गिरी
६) मानुङ – आर्यन कुँवर
७) राइनास – बिक्रम न्यौपाने
८) रामारोशन – सन्तोष उपाध्याय
९) रोलिंग मोनास्ट्री – रेशम राज रोकाया
१०) सन्दकपुर – सन्दकपुर गाउँपालिका
११) सोलु दुधकुण्ड – सोलु दुधकुण्ड नगरपालिका
१२) थाक ठिमी – संजोग थकाली
बेस्ट स्क्रिप्ट राइटर
१) छैलुङ – सुजाता गुरुङ
२) मकै विवाह – भिमलाल श्रेष्ठ
३) मानुङ कोट – आर्यन कुँवर
४) सन्दकपुर इलाम – सन्दकपुर गाउँपालिका
५) डगुरा थारु – कुलदीप न्यौपाने
बेस्ट टेक्निकलर सिनेमेटोग्राफर
१) दैलेख – टिएनएल प्रोडक्सन
२) जर्नी टु सिंगला– जम्बलिङ फिल्म्स
३) मानुङ कोट – आर्यन कुँवर
४) राइनास – बिक्रम न्यौपाने
५) रेड च्यारीयट – दिनेश श्रेष्ठ
वुमन भिडियो मेकर अफ द इयर
१) बन्दीपुर – खुशी गुरुङ
२) छैलुङ – सुजाता गुरुङ
३) जर्नी टु घुम्ते – सपना रोक्का
४) महाशिला – वर्षा बर्मा
५) ट्युन अफ झाक्री – देवकी विष्ट
बेस्ट भिडियो अफ द इयर
१) जर्नी टु सिंगला – जम्ब्लिंग फिल्म्स
२) राइनास – बिक्रम न्यौपाने
३) रामारोशन – सन्तोष उपाध्याय
४) सोलु दुधकुण्ड – सोलु दुधकुण्ड नगरपालिका
५) थाक ठिमी – संजोग थकाली
अ फ्युचर स्टार
१) जर्नी टु घुम्ते – सपना रोक्का
२) जु जु धौ – सौगात बिष्ट
३) क्षितिमा माई – अशोक पाठक
४) मानुङ कोट – आर्यन कुँवर
५) तुवाचुङ – डोनाल्ड एचके
मोस्ट पोटेन्सियल डेस्टिनेसन
१) महाकुलुंग – गाँउले इन्टरटेनमेन्ट मिडिया
२) पन्चदेवल जुम्ला – एलपी देवकोटा
३) रानीमहल पाल्पा – माधव अर्याल
४) सन्दकर्पु इलाम – सन्दकपुर गाउँपालिका
५) ताजमहल – प्रविन खड्का
मोस्ट इनर्जेटिक भिडियो मेकर
१) माई भिलेज केशवटार – फल थापा
२) रानीमहल पाल्पा – माधव अर्याल
३) सेतीदेवी, इलाम – विजय राई
४) थारु म्युजियम – विकास डिसी
५) उग्रतारा – एडभेन्चर वेस्ट होलिडे
पब्लिक च्वाइसमा मनोनयनमा परेका १२ भिडियोहरु केहिदिन भित्र सार्वजनिक गरि सबैलाई जानकारी गराइने अभियानका संयोजक निर्मल श्रेष्ठले जानकारी दिएका छन् । अवार्डको अन्तिम घोषणा आगामी अषाढ १६ गते (जुलाई १) मा काठमाडौँको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा आयोजना हुने छ ।गत जनवरी १, २०१९ देखि मे ३१ सम्म चलेको यस ‘मेरो गाउँ, मेरो ठाउँ’, भिडियो च्यालेन्जका निर्णायकहरु अभिनेत्री एवं चलचित्र निर्माता करिश्मा मानन्धर, वरिष्ठ साउण्ड इन्जिनियर प्रदिप उपाध्याय, वरिष्ठ फोटोग्राफर जगदिश तिवारी, निर्देशक सम्झना उप्रेती रौनियार र कलाकार एवं निर्देशक निर्मल शर्मालगायतले छनोट गरेका हुन ।
सन्दकपुर गाउँपालिकाको संक्षिप्त परिचय
इलाम जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित सन्दकपुर गाउँपलिका जिल्लाकै सवैभन्दा रमणिय स्थानिय तह हो । साबिकका माईमझुवा, सुलुबुङ्ग, माबु, जमुना गाविसाहरु र माइपोखरी गाविसको ४ देखी ९ सम्मका वडा मिलाएर गाउँपालिका बनाइएको छ । ४२ वडाहरुको जनसंख्या र भूगोललाई आधार बनाएर पाच वटा वडामा बिभाजन गरिएको छ । कूल १७०६ वर्ग कि.मी क्षेत्रफल मध्ये १५६.०१ वर्ग कि।मी यस गाउँपालिकाले ओगटेको छ । देशको कूल ७४४ स्थानीय तह मध्ये सन्दकपुर गाउँपालिका जनसंख्याको हिसाबले १३६ औ सानो स्थानीय तह हो भने क्षेत्रफलको आधारमा ४७१ औ सानो स्थानीय तह हो ।
कृषि तथा पशुपालन, बैदेशिक रोजगार तथा जडिबुटीको संकलन यहाँका मानिसहरुको प्रमुख ब्यबसाय हो । जिल्लाको सवैभन्द अग्लो स्थान सन्दकपुरको नामबाट गाउँपालिकालाई नामाकरण गरिएको हो । जहाँबाट नेपाल–भारतको मात्र होइनभुटानको हिमालका १८० डिग्रीको सोझो सतहमा ६० बढी हिमचुचुरा एउटै स्थानबाट देख्न सकिन्छ । इलामको उत्तरी क्षेत्र माबु–८ मा रहेको सन्दकपुर पुग्न कुनै सास्ती व्यहार्नुपर्दैन आर्थिक दृष्टिले पनि सन्दकपुर यात्रा सस्तो र सुलभ पर्नेछ ।
इलाम सदरमुकामबाट ४५ कि.मी उत्तरको ३ हजार ६ सय ३६ मिटर उचाइको सन्दकपुरबाट सर्वोच्च शिखर सगरमाथादेखि तेस्रो अग्लो कञ्चनजंघा मात्र होइन सिक्किमको पाण्डिम र भुटानको कुलाकाङ्ग्री हिमालसमेत पूर्वी हिमशृंखलामा पर्ने साढे ६ हजार मिटर उचाइमाथिका अरु ५ दर्जन हिमचुचुरा पनि मज्जाले देखिन्छन् । हिमचुचुरा मात्र होइन सन्दकपुरबाट देखिने सुर्योदय र सुर्यास्तको दृश्यले पनि पर्यटकहरुलाई आर्कषित गर्ने गरेको छ । भारतिय पर्यटकहरुको ट्रेकिङको लागी सिम्लापछिको उत्कृष्ट गन्तव्य सन्दकपुर रहेको टुर गाइडहरु बताउँछन । तेश्रो देशका पर्यटकहरु क्याम्फायर गर्दै सन्दकपुर– नेपाल–भारत सिमाना फालौट–पाँचथरको तिम्वुङपोखरी हुदै कञ्चजंघा आधारशिविरसम्म पैदल यात्रा गर्ने गर्दछन । भारत सरकारले आफना ट्रेकिङ गर्न चाहाने नागरिकहरुको लागी शितकालिन क्याम्पहरुको आयोजना समेत गरिदिदै आएको छ ।

इलामको सन्दकपुर पर्यटकको नयाँ गन्तव्यको रुपमा घोषणा (भिडियाे रिपाेट सहित)

पर्यटकको पर्खाइमा रामसार सुचीमा सुचिकृत इलामको माइपोखरी

स्थानीयदेखि केन्द्रिय सरकारको आँखामा पुग्दै सन्दकपुर

प्रतिक्रिया
सम्बन्धित समाचार