Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

स्थानीयदेखि केन्द्रिय सरकारको आँखामा पुग्दै सन्दकपुर

स्थानीयदेखि केन्द्रिय सरकारको आँखामा पुग्दै सन्दकपुर

  • सुजन तिमसिना
  • मंगलबार, चैत्र २० २०७४


स्थानीयदेखि केन्द्रिय सरकारको आँखामा पुग्दै सन्दकपुर

इलाम । इलामको चुचुरो अर्थात सन्दकपुर पर्यटकीय क्षेत्र दक्षिण एसियाको उत्कृष्ट पर्यटकीय क्षेत्र हो । ३ हजार ६ सय ३६ मिटरको उचाईमा रहेको सन्दकपुर नेपाल र भारत सीमा क्षेत्रमा अवस्थित छ । भारत सरकारको पहिलो पर्यटकीय क्षेत्र रहेको सन्दकपुर क्षेत्रमा भारत भएर वर्षमा डेढ लाख पर्यटकले भ्रमण गर्छन् । इलाम र झापाका हजारौँ क्षेत्रमा सिंचित गर्ने माई नदीको शिर रहेको सन्दकपुर क्षेत्रमा नेपालबाट सडक पुगेपछि आन्तरीक पर्यटकको पनि गन्तव्य बन्दै गएको छ ।
सन्दकपुर डाँडा भारतको पश्चिम बंगालका पर्यटकको हुनासाथ पहिलो रोजाईको ठाउँ हुने गरेको छ । सन्दकपुरमा पर्यटकको बासस्थानको लागि अहिले नेपालतिर पनि व्यवस्थित र सुविधासम्पन्न दुई वटा होटलहरु रहेपनि विकासका पुर्वाधार निर्माण भएका छैनन् ।

सूर्योदय, सुर्यास्त र आँखाले भ्याएसम्म हिमालका दृश्य हेर्न सकिने सन्दकपुरमा पछिल्लो समय नेपालका स्थानीयदेखि केन्द्रिय सरकारका जनप्रतिनिधिले समेत ध्यान दिन थालेका छन् । पछिल्लो समय इलाम क्षेत्र नम्बरका १ का प्रतिनिधिसभाका सदस्य तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले समेत सन्दकपुर क्षेत्रको भ्रमण र अध्ययन गरेका छन् ।
सुरक्षा ,यातायात, पानी र बिजुली आवश्यक : पेमाडन्डु शेर्पा पर्यटन व्यवसायी
सन्दकपुरमा विशेष गरेर हिमाल, चराचुरुङगी, रेडपान्डा अवलोकन गर्न देश विदेशका पर्यटकहरु आउँछन् । यहाँबाट भुटान, नेपाल र भारतको हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ आउने धेरै पर्यटकसंग कुरा गर्दा विश्वमा यस्तो ठाँउ कहि नभएको बताउँछन्, एउटै ठाँउबाट ३ वटा देशका हिमाल देखिने ।
सन्दकपुर क्षेत्रमा जडिबुटी पनि पाइने भएकाले अध्ययकर्ता पनि पाउँछन् । भारतिय पर्यटकहरु बढी आउँछन्,उनको उदेश्य सगरमाथा हेर्न हुन्छ । भारतियहरु थोरै लगानीमा सगरमाथा देखिने भएकाले चर्चित भएको हो । पर्यटक आउने सिजन चैत, बैशाख, मंसिर हो ।

यसबेला भिडभाड भएर ठाँउ अभाव छ । पर्यटकबाट सन्दकपुरको बारेमा जापान, भारत र बंगलादेशमा धेरै चर्चा रहेको छ ।
बंगलादेशबाट सन् २०१८ धेरै पर्यटक आए । कम्ती मात्रामा आउने श्रीलंका र चिनका पर्यटक हुन । क्यानडा, अष्ट्रेलिया, जर्मनी, इटाली देशका पर्यटक धेरै आउने गरेका छन् । बार्षिक रुपमा स्वदेशी र विदेशी गरेर डेढ लाख पर्यटक आउने गरेका छन् । विकासका पुर्वाधारको कुरा गर्दा प्रहरी सुरक्षा, बिजुली बति र सडक स्तरउन्नतीको आवश्यक छ ।

बाटोघाटोको राम्रो नहुँदा सम्पुर्ण पर्यटकलाई डुलाउनु पर्दा समस्या छ । यातायातको माध्यमलाई अझै बढाएर मर्मत गरेर सहज ढंगले पर्यटक आउन पाए उचित हुन्थ्यो ।
पुर्वाधार निर्माणमा पहल गर्छु : पूर्व प्रधानमन्त्री झलनाथ खनाल
सन्दकपुरबाट पुर्वमा फर्कर्ने वितिकै कञ्चनजंघा हिमश्रृङखला देख्छौ । अन्य हिमश्रृङखला सगरमाथा, ल्होत्से देख्छौ । पाथिभरा पनि नजिकै देख्छौ । कंचनजंघालाई त अंगालो मारे जस्तै अत्यन्त रमणीय दृश्य देखिन्छ । यो हेर्न संसारभरबाट पर्यटक आउँछन् अहिले पनि विदेशी पर्यटकहरु पनि देख्यौ यसरी पर्यटक आउने जाने क्रम धेरै समय देखी जारी छ । तर पर्यटकहरुलाई व्यवस्थित गरेर हेर्न सक्ने ठाँउ बनाउन सकेको छैनौ । सन्दकपुर डाँडाबाट देखिने दृश्यावलोकनका लागी सुविधाजनक संरचना निर्माण गर्नुपर्ने हुन्छ अझै होटलहरु, भ्युटावर बनेको छैन त्यस्ता चिजहरु बनाउनुपर्छ । त्यसैले यो क्षेत्रको जनप्रनिधि भएकाले पूर्वाधार निर्माणमा पह गर्छु ।


सन्दकपुर ठाँउबाट पर्यटन विकासका व्यापक संभावना हामी देखिरहेका छौ । दोश्रो पटक अवलोकन गर्न आइरहँको छु । तिन तहका सरकार मध्ये तल्लो तह गाँउपालिकाले के के गर्न सकिन्छ भन्ने प्रारम्भिक अध्ययन गर्नुपर्छ । त्यसपछि यसको अवधारणा पेस गरेर त्यस अनुरुप भिजन बनाएर अगाडी बढन सुरु गर्यौ भने जति पनि संरचना निर्माण गर्नुपर्ने हुन्छ त्यो गाँउपालिकाले सक्दैन त्यसका लागी प्रदेश सरकार र केन्द्र सरकारकहाँ पुुर्याउने काममा म लाग्छु । केन्द्र र प्रदेश सरकारबाट हुने कुरा गराउन सक्छु जस्तो कि भ्युटावर बनाउन हामीले पर्यटकहरुलाई व्यवस्थित गर्ने संरचना स्वभाविक रुपमा केन्द्र सरकार वा प्रदेशले गर्नुपर्छ त्यस्तो कार्य गर्ने गराउनेमा भुमिका खेल्न सक्छु ।


अहिलेसम्म सदरमुकामबाट सन्दकपुर आउने बाटो व्यवस्थित निर्माण गर्न सकेको छैनौ । गाडी आउन सक्ने सडक निर्माण नै ठुलो सफलता हो । इलामबाट पिच सडक ल्याउन डिपीआर गरिसकेको छौ । यसै बर्षबाट डिपीआर सडकको काम थालनी हुन्छ । त्यसमा मुख्य भुमिका खेल्छु । र अलिक ठुलो मात्रामा रकम पारेर हामीले चाडै बाटो निर्माण गर्न सक्यौ भने पर्यटक आवागमनमा ठुलो मद्धत पुग्छ भन्ने अपेक्षा छ ।
पुर्वाधार विकासको निम्तिी प्रयत्न गरेका छौ : गाउँपालिका अध्यक्ष उदय राई

इलामको सवैभन्दा उच्च भाग र संसारमा बढी हिमश्रृङखला देखिने भुभाग भएकाले मान्छेको आर्कषण पनि छ । मान्छेको आर्कषणसंगै साच्चैको आर्कषण केन्द्र बनाउन लागेका छाँै । यहाँ विद्युत, खानेपानी, होटल लजको समस्या छ । आगन्तुकहरुलाई पर्यटक आउँदा बस्ने व्यवस्था पर्याप्त छैन । त्यसलाई लगानीकर्ता खोजेर लगानीको वातावरण बनाउछौ । बस्ती व्यवस्थित गर्ने रणनिति साथ अगाडी बढेका छौ । राष्ट्रिय अन्तराष्ट्रिय व्यक्ती, सिंगो मुलुकलाई अनुरोध गरेका छौ । भरखरै मात्र विव्ल्याटे–माइपोखरी–सन्दकपुर सडकलाई केन्द्रिय सडकको रुपमा हेनुपर्छ भन्ने अनुरोध गरेका हौ ।


केन्द्रिय सरकारका प्रतिनिधिले सकारात्मक रुपमा हेर्नुभएको छ । चम्किलो कञ्चनजंघाको काखमा बसेका छौ । त्यसैगरी यो सन्दकपुरलाई साच्चै चम्किलो बनाउनका निम्ती नितिगत तहमा बस्ने सरकारका नेतृत्वकर्तालाई अनुरोध गर्न चाहन्छु हाम्रो आग्रहलाई सकारात्मक रुपले सम्वोधन गरियोस । भोलीका दिनमा सन्दकपुर गाँउपालिका आउने पर्यटकहरुलाई सन्दकपुर पुग्ने वातावरण बनाउँछौ । सवैभन्दा बढी यातायात पुर्वाधार विकासको निम्तिी प्रयत्न गरेका छौ ।
विद्युतीकरण निम्ति प्रयत्न गरेकाले अब डेढ बर्षभित्र यहाँ विद्युत ल्याउछौ । यस वर्ष खोर्सानेटार हुँदै लमुचोकसम्म ल्याउने योजना छ । टेन्डर प्रक्रिया पनि अगाडी बढाएको छौ । पानीको लागी यहाँ विद्युतीकरणपछि पम्पिङ सिस्टमबाट माईको पानी सन्दकपुरका नागरिकलाई उपलव्ध गराउँछौ ।
पर्यटन विकासका लागि ल्यान्डरोभर चल्नुपर्छ : गृष्म सुब्बा
ल्यान्डरोभर गाडी विदेशीले बनाएको हो । ५० भन्दा बढी इलाममा छन् । सवैभन्दा विकट गाँउ जहाँ अरु गाडी जान सक्दैन त्यहाँका कृषि उपजदेखी पर्यटकसम्म ओसार्न सहयोग गरेको छ । हामी सन्दकपुर आएको बाटो यहाँ पनि अन्य गाडी आउँदैन र चालक मजदुरले यसलाई कन्डिसन बनाएकाले यस्तो अप्ठयारो बाटोमा आउँछ । विशेष गरेर पर्यटनको लागी भारत सरकारले पनि संरक्षण गरेको छ ।
विशेष गरी यसैलाई कुदाएको छ ।

टुरिष्टको लागी आर्कषण केन्द्र बनाएको छ । ल्यान्डरोभर नहुँदा ६ सय भन्दा बढी बेरोजगार भएको अवस्था छ । यसको विकल्प पनि छैन यसलाई हटाउने हो भने भोलीदेखी सन्दकपुर पुग्न सक्ने अन्य सवारीसाधन छैन । भारतिय महिन्द्रा गाडी ठोकिने, टेङकी चुहिने हुनाले १÷२ पटक आएपनि नियमित सेवा दिन सक्दैन त्यसैले गर्दा यो गाडी हटाउने निर्णय सरकारको गलत छ । वातावरणलाई असर गर्ने वाहना बनाएको छ सरकारले । हामीले यसको पार्टपुर्जा इन्जिन सवै थोक मर्मत गरेर कुदाएका छौ । वातावरणलाई असर गर्दैन ।

हामी के आग्रह गछौ भने उमेर भन्दा पनि वातावरण चेक गर्ने मेसिन यातायात कार्यालयमा राखिदिएको भए राम्रो हुन्थ्यो । जसकारण मजदुर बेरोजगार हुँदैनथे । जहाँसम्म कन्डिसनको कुरोमा हाम्रो दुर्घटना एकदमै कम छ । कन्डिसनमा छ र त कुद्छ । पर्यटकीय क्षेत्रका बाटोमा डेढ करोडको गाडी ल्याए पनि सेवा दिन सक्दैन जसरी ल्यान्डरोभरले दिन्छ ।
सन्दकपुर आउनु भाग्यमानी अनुभुत : पर्यटक
पहिलो पटक आएको हौ । दोश्रो पटक आउने बारेमा सोचेका छैनौ । तर जे होस सारै राम्रो ठाँउ छ– एक स्वीजरल्याण्डका पर्यटकले भने । भारतीय पर्यटक धेरै आउने भएकाले प्रयाजसो यहाँ भारतीय पर्यटक भेटिन्छन् । एक पर्यटककले भने– यस्तो क्षेत्रमा पहिलो पटक देखेको हो ।

सन्दकपुरको सेवा सत्कार पनि सारै राम्रो लाग्यो । दोश्रो पटक फेरी आउँछु । बाटोमा देखिएका लालीगुरासँ लगायत सवै कुराहरु राम्रो लाग्यो । यस्तै १० वर्षिय भारतीय पर्यटकले भने–सवैभन्दा ज्यादा राम्रो त स्लिपिङ बुद्ध । यिनीहरुको फोटो खिच्ने बहुत मन थियो र आज पुरा भयो । लालीगुरासको फोटो धेरै खिच्छु ।
भारतीय पर्यटक रोहिनी पाण्डे भन्छिन्– सन्दकपुर अग्लो रेन्ज वेस्ट वंगालबाट आउँदैछौ । सन्दकपुरको क्षेत्रबाट भ्यु सारै राम्रो लाग्छ ।

यहाँको क्षेत्र स्विजरल्यान्ड जस्तो छ । नेपालको सीमानामा स्विजरल्यान्ड देख्ने मौका मिल्यो सारै भाग्यमानी अनुभुत भयो । यहाँ पहाडको मान्छेको सत्कार सारै राम्रो छ मनको सारै धनी छन् । मौसम कहिले काही चिसो हुन्छ त्यती धेरै पनि हैन । हिँउ हेर्न इच्छा थियो पाइएन । ३÷४ दिन पहिले सारै हिउँ परेको थियो । ६ फिट हिउँ परेको सुनेर आएका थियौ तर पनि ठिकै छ स्लिपिङ बुद्धा देख्यौ ।

प्रतिक्रिया
सम्बन्धित समाचार