Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

उन्नत बिऊ र प्रविधिले किसानको आम्दानी बढ्याे

उन्नत बिऊ र प्रविधिले किसानको आम्दानी बढ्याे

  • सन्देस सम्बाददाता
  • आइतबार, असार १ २०७६


उन्नत बिऊ र प्रविधिले किसानको आम्दानी बढ्याे

इलाम । माईजोगमाई १ नयाँबजारका किसान नरेन्द्र भट्टराई आधुनीक प्रविधिबाट आलु खेती गर्न थालेपछि मनग्य आम्दानी गर्न थालेका ५न । दशौ रोपनी जमिनमा परम्परागत शैलीमा आलु खेती गर्दै आएका भट्टराई कृषि अनुसन्धान केन्द्र जौवारीले सिफारिस गरेको आलु खेती गर्न थाले पछि उत्पादन बढे संर्गै उनकोको आम्दानी पनि बढेको हो ।
८ रोपनी जमिनमा जनकदेव जातको आलु खेती गरेका भट्टराई बर्सेनी एक सय ५० मन बढी आलु बिक्री गर्ने गरेको बताउछन । ‘नजानेर धेरै दुख पाईयो, बारी भरी आलु रोप्यो उत्पादन रोपे जती पनि हुन्थेन, अहिले आलु खेती गरेरै राम्रो आम्दानी लिन्छु भट्टराईले आफनो अनुभव सुनाए ।’ भट्टराईले बीउको सिजनमा प्रति मन चार हजार रुपियाँ सम्ममा आलु घरबाटै बिक्री गर्ने गरेको बताए । अर्का किसान रोम घिमिरेले कृषि अनुसन्धान केन्द्रको प्राविधिक सहयोगमा आलु खेती गर्न थालेपछि आम्दानीको मुख्य स्रोत नै आलु भएको बताए  ।
अलँैची उत्पालन हुँने उक्त क्षेत्रमा अलँैचीमा ढुसी , फुर्के , छिर्के जस्ता रोग देखा परेर बगान सखाप भए पछि आलु खेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका छन् । कालीका देवी कृषि सहकारी संस्था मार्फत २५ बढी घर परिवार ब्यवसायीक आलु खेतीमा आत्मनिर्भर बन्दै आएका छन् ।
उक्त ठाउँका किसानले आलु खेतीबाट एक सिजनमा दुई लाख देखि आठ लाख रुपियाँ सम्म कमाई गर्ने गरेको उक्त सहकारी संस्थाका अध्यक्ष उमाकान्त भट्टराईले बताए । उनले भने ‘अलँैची मासिए पछि किसानहरु बसाँई सर्न थालेका थिए, आलु उत्पादनले गाउँ फर्काउन थालेको छ ।’ अनुसन्धान केन्द्र जौवारीले जनकदेव जातको आलु उक्त क्षेत्रमा परीक्षणका लागि ५० रोपनी क्षेत्रफल स्थानीय किसानको सहभागीतामा लगाएको छ ।
कृषि अनुसन्धान केन्द्र जौवारीको २०७१ सालमा पुर्न स्थापना भए पछि केन्द्रले बिभिन्न जातका आलुको उत्पादन र किसानलाई बिक्री वितरण गर्दै आएको छ । बाहाय अनुसन्धान केन्द्र मार्फत कार्यालयले जोगमाई , जमुना, बौद्धधाम, नयाँबजार लगायतका स्थानमा आलु लगायतका बाली उत्पादनमा किसानलाई सहयोग गर्दै आएको छ । केन्द्रले जनकदेव, खुमल सेतो जातको आलु तीन हेक्टर जमिनमा परीक्षणका लागि जौवारीमा नै उत्पादन गर्दै आएको केन्द्रका वाली बिज्ञान ९प्राविधिक० अधिकृत सुरेन्द्र यादवले जानकारी दिए । केन्द्रले उत्पादन गरेको बीउ आलु सहुलीयतमा किसानलाई दिने गरिएको अधिकृत यावदले बताए ।
उनले भने ‘आलु मात्र हैन हामीले धान, मकै गहँु उत्पादन र पशुपालनमा समेत सहयोग गर्न थालेका छौ, किसानको माग अनुसार परिमार्जन हुदै जान्छौ ।’केन्द्रले गएको सिजनमा ९ मेट्रिक टन आलु उत्पान गरेकोमा यस सिजनमा १५ मेट्रिकटन आलु उत्पानदको लक्ष्य राखेको छ । किसानले असार १५ पछि आलु खन्ने गर्दछन् । खन्दै प्रति किलो ग्राम ६५ रुपियाँ पर्ने आलु केन्द्रले बीउँको सिजनमा ४० रुपियाँ प्रति किलो ग्रामले किसानलाई दिने गरेको छ । केन्द्रले जौवारीमा आलुको अलवा गाँजर, मुला , काउली, बन्दा खेतीको परीक्षण समेत गरिरहेको छ ।केन्द्रले भौगोलीक अवस्था अनुसार माटो सुहाउदा बाली लगाउन ठाउँ बिशेषका किसानलाई सहयोग गर्दै आएको छ ।
माटोको नमुना परिक्षण गरेपछि केन्द्रले हावापानी अनुसार आलु, मकै , धान, गहँु खेतीमा कृषकलाई प्राविधिक सहयोग गर्दै आएको छ । बिभिन्न कृषि समुह मार्फत केन्द्रले सूर्योदय नगरपालिका १ मकरजुङमा ४० रोपनी क्षेत्रफल जमिनमा डब्लु के १२०४ जातको गहँु खेती परीक्षणका लागि लगाईएको छ । उक्त क्षेत्रको ४० रोपनी जमिनमा परीक्षणकै लागि गणेश १ जातको मकैको बीउँ उत्पादन शुरु गरिएको छ । सू।न।पा । १ मकरजुङका एकराज नेपालले गहुँ खेती मासिदै गएकोमा केन्द्रको प्रविधिक सहयोगमा फेरी उत्पादन शुरु गरिएको बताए । अहिले मकरजुङमा उनी जस्तै धेरै किसान गुहँ खेती गर्दै आएका छन् ।
माईजोगमाईकै प्रेमेजुङमा खुमल चार जातको धान उत्पादन गरिदै आएको छ । स्थानीयले उत्पादन गरेको गहुँ, मकै, धानको बीउँ अन्य ठाउँका किसानलाई बीउँका लागि बिक्री वितरण गर्ने गरिएको छ । केन्द्रले परीक्षणका लागि दिएको बीउँबाट उत्पादान भएको बस्तुको तत्थ्याङक संकलन गरे पछि उत्पादिन बस्तु किसानलाई नै उपभोग गर्न दिने गरिएको छ ।कृषि उत्पादनमा अग्रणी रहेको माईजोगमाई गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७६÷७७ को बजेटमै किसान लक्षित कार्यक्रम ल्याउने जनाएको छ । गाउँपालिका अध्यक्ष जीतबहादु राईले किसानका समस्या देखि बीउँ बिजन सम्मका कार्यक्रम प्राथमिक्तामा पर्ने बताए।केन्द्रले कृषि संगै पशुपालनमा समेत किसानलाई सहयोग गर्न थालेको छ । जोगमाई, फिक्कल बरबोटे , नयाँबजार लगायतका ठाउँका किसानलाई बंगुर पालनमा सहयोग गर्दै आएको छ । किसानले खेती गर्दै आए पनि उक्त क्षेत्रमा माटो परीक्षण्ण भने कमै मात्र किसानले गराएको पाईन्छ । केन्द्रले जौवारीमा तीन घण्टामै माटो परीक्षण गर्ने मेसीन भए पनि जनशक्ति अभावमा माटो परीक्षणको काम भने गर्न नसकिएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार