Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

फूएतप्पामा एक दिवसिय फुटबल प्रतियोगिता

फूएतप्पामा एक दिवसिय फुटबल प्रतियोगिता

  • लिला सुव्वा
  • सोमबार, जेष्ठ २७ २०७६


फूएतप्पामा एक दिवसिय फुटबल प्रतियोगिता

फाकोफोकथुम। इलामको फाकोफोकथुम–४ फुएतप्पा दुइ लिम्बु गाउँको चासोक तङ्गनाम खेल मैदानमा एक दिने फुटबल खेल सम्पन्न भएको छ । थोकफेला युवा समुहको आयोजनामा भएको फुटबलको उपाधी जुरीथुम्की युवा क्लबले जितेको छ । फाइनल खेलमा बलिहाङ युवा समुह लुम्देलाई टाइव्रेकरमा ४–३ ले हराएको हो । विजेता टिमले बाख्रो उपहार पाएको छ । एक दिने फुटबल प्रतीयोगिता मा आमचोक, लुम्दे,गजुरमुखी, लुम्सुदाङ्ग र एकतप्पा गरी एघार टिम रहेका थिए।
फुएतप्पा चासोक तङ्गनाम खेल मैदान प्राय जसो साप्ताहिक रूपमा पुरस्कार को नाममा ट्रफी र नगद सट्टा भाले र खसी राखेर प्रतियोगिता आयोजना हुने गरेको छ । प्रतियोगिताले स्थानिय स्तरमा युवाहरुलाई आफुभित्रको खेल प्रतिभा देखाउने अवसर मिलेको आयोजक समितीका अध्यक्ष फर्सद लिम्बुले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार