Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

जेठ २७ बाट इलाममा प्रदेश स्तरिय उसु प्रतियोगिता

जेठ २७ बाट इलाममा प्रदेश स्तरिय उसु प्रतियोगिता

  • सन्देश सम्वाददाता
  • शुक्रबार, जेष्ठ २४ २०७६


जेठ २७ बाट इलाममा प्रदेश स्तरिय उसु प्रतियोगिता

इलाम । सामाजिक विकास मन्त्रालयको अायाेजनामा प्रदेश नं एक स्तरिय उसु प्रतियोगिता इलाममा आगामी जेठ २७ गतेबाट २९ गतेसम्म संचालन हुने भएको छ । एक नं प्रदेशका ९ जिल्लाका १८९ खेलाडीहरु सहभागी हुने प्रतियोगितामा पुरुष तर्फ ३५ केजी देखी ६० केजी र महिला तर्फ ४० केजी देखी ५६ केजी तौल समुहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक खेलाडीलाई क्रमश नगद ३ हजार २ हजार र १ हजार प्रदान गरिने वताइएको छ ।
प्रतियोगिताका लागि सहभागि जिल्लाहरुबाट १९ खेलाडी र दुई प्रशिक्षकको उपस्थिती रहने वताइएको छ । इलाम सदरमुकाममा निर्माण भएको फुटसल मैदानमा प्रतियोगिता संचालन हुने जनाइएको छ । प्रतियोगितामा सान्सौ र थाउलो गरि २ इभेन्ट अन्तर्गत सञ्चालन गरिने वताइएको छ । २०६५ सालबाट इलाममा उसु खेल भित्रिएको हो । प्रतियोगितालाई खेल पर्यटनसँग जोडिएको अध्यक्ष बृहस्पती उपरकोटीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार