फिक्कल । अतिरिक्त खेलाडी कर्ण लिम्बु चम्किएपछि करफोकमा जारी दोश्रो सुर्याेदय मेयरकप आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा देउमाई नगरपालिका प्रवेश गरेको छ । देउमाई नगरपालिकाले शिवसतासी नगरपालिकालाई ४–२ गोल अन्तरले पराजित ग¥यो । देउमाईको लागी अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका कर्णले ७ मिनेटको अवधीमा २ गोल गरेपछि शिवसतासी सेमीफाइनलबाटै बाहिरियो । खेलमा उपहार गोलबाट देउमाईले अग्रता बनाएको थियो । १० औ मिनेटमा डिवक्सभित्रको बल क्लियर गर्ने क्रममा सञ्जित राईले आफनै पोष्टमा गोल गरे । ३२ औ मिनटेमा भुवन बस्नेतले खेल बराबरीमा ल्याए ।

पहिलो हाफ बराबरीमा सकिएको खेलको दोश्रो हाफमा देउमाईले ३ गोल ग¥यो । ५७ औ मिनेटमा विकेश लिम्बुले देव्रे बार च्याप्दै देउमाईलाई अग्रता दिलाए । ६४ औ मिनटेमा डिवक्स बाहिर पाएको फ्रिकिकलाई जाली चुमाउदै सुशिल राईले खेल बराबरीमा ल्याए । खेल सकिन १० मिनेट बाकी रहँदा मैदान छिरेको कर्ण लिम्बले लगातार २ गोल गरेपछि देउमाईले कम्तीमा १ लाख रुपैया सुरक्षित गरेको हो । निर्धारित समयको अन्तिम ५ मिनेट बाँकी रहँदा शिवसतासी १० खेलाडीमा सिमित भयो । डिवक्स एरिया नजिकै कर्णलाई फाउल गरेपछि लक्ष्मण वेघा रातो कार्ड पाउँदै मैदान बाहिरिए ।

१० खेलाडीमा सिमित भएको फाइदा उठाउँदै देउमाईबाट २ गोल भयो । ७७ औ मिनेटमा डिवक्सभित्र पाएको अवसरलाई कर्णले बिना गल्ती गोलमा परिणत गरे । ३–२ गोल अन्तरले पछि परेको शिवसतासीले इन्जरी समयमा चौथो गोल व्यर्होयो । कर्ण फितलो प्रहार साइड बारमा लागेर गोल भयो ।

ए डिभिजनका खेलाडी सहित मैदान उत्रिएका दुवै टिमबिच कडा प्रतिष्पर्धा भएको थियो । दुवै टिमले केही राम्रा अवसरहरु खेर फाले । १७ औ मिनेटमा सुशिल राईको क्रममा भुवन बस्नेतको हेडर बारमा लागेर फर्कियो । ६९ औ मिनटेमा भुवनकै हेडर बल गोलरक्षक खगेन्द्र रिजालले बचाए । ७४ औ मिनेटमा कर्ण लिम्बुले गरेको प्रहार पोष्टमाथीबाट बाहिरियो । देउमाई नगरपालिका क्वाटरफाइनलमा दमक नगरपालिका समयमा उपस्थित नभएपछि वाकओभर पाउँदै सेमीफाइनल प्रवेश गरेको थियो भने शिवसतासीले आयोजकलाई टाइव्रेकरमा ५–४ गोल अन्तरले हराउदै सेमीफाइनल प्रवेश गरेको थियो । प्रतियोगिता अन्र्तगत दोश्रो सेमीफाइनल खेलमा विहिवार कन्काई नगरपालिकाले डिफेन्डिङ च्याम्पियन मेचीनगर नगरपालिकाको सामना गर्नेछ ।
