फिक्कल । इलामको करफोकमा जारी दोश्रो सुर्योदय मेयरकप अन्र्तगत आजको खेलमा बिजयी बन्दै कन्काई नगरपालिका र देउमाई नगरपालिका सेमीफाइनल प्रवेश गरेका छन् । प्रतियोगिताको दोश्रो दिनको पहिलो खेलमा दमक नगरपालिका निर्धारित समयमा खेलमैदानमा नआएपछि वाकओभर पाउँदै देउमाई नगरपालिका सेमीफाइनल पुगेको हो । दोश्रो खेलमा कन्काई नगरपालिकाले इलाम नगरपालिकाको चुनौती २–० ले पन्छायो । कन्काईको जितका दुवै गोल रमेश खरेलले गरे । इलामका गोलरक्षक सौरभ सुवेदीको गल्तीको फाइदा उठाउँदै खेलको तेश्रो मिनेटमा खरेलले अग्रता दिलाएका थिए ।
२४ औ मिनेटमा सोनाम देवानको प्रहार रिवाउन्ड भएर आएपछि खरेलले व्यक्तिगत दोश्रो गोल गरे । खेलमा पछि परेको अवस्थामा इलामले दोश्रो हाफमा दबाब बनाएपनि गोल गर्न नसक्दा क्वाटरफाइनलबाटै बाहिरिनुप¥यो । खेलमा दुवै टिमले केही राम्रा अवसरहरु बनाएपनि गोलमा परिणत हुन सकेन । खेल अवधीभर ४ वटा पहेलो कार्ड प्रयोगमा आएको थियो । इलामको ३ जना खेलाडीले पहेलो कार्ड प्राप्त गर्दा कन्काईका एक जनाले पाए । प्रतियोगिताको सोमबार आयोजक सुर्योदय र शिवसतासी तथा माई नगरपालिकाले साविक बिजेता मेचीनगरको सामना गर्दैछ । सुर्योदयले प्रि–क्वाटरफाइनलमा अर्जुनधारा नगरपालिकालाई पराजित गरेको थियो ।




