Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’को इलाममा विमर्श

‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’को इलाममा विमर्श

  • सन्देश सम्वाददाता
  • बुधबार, जेष्ठ १ २०७६


‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’को इलाममा विमर्श

इलाम :कवियत्री विमला तुम्खेवाको कृति ‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ कृतिको इलाममा विमर्श गरिएको छ ।प्रेम, सामाजिक विषयवस्तु, सौन्दर्यताको बारेमा वर्णन गरिएका कृतिमाथि साहित्यकार विमल वैद्य र वालिका थपलियाले चर्चा गरेका थिए । कृतिको सहजीकरण फरक आयामका अभियन्ता जितेन मुस्कानले गरेका थिए ।
‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ भित्र नारी उत्पीडनका कुरा, गोर्खा सैनिकका वेदना, विदेशिएका युवाहरूको वेदना, राजनीतिक विसङ्गति, आदिवासीका आवाज, युद्ध र माया–प्रेमका भावहरू रहेको विमर्शका वक्ताहरूले बताए । कृतिमा ४७ वटा कविता रहेका छन् ।कवि तुम्खेवाको पुस्तक सांग्रिला बुक्सले बजारमा ल्याएको हो ।
यसअघि विमला तुम्खेवाको कविताहरु २०५५, नदी, छाल र तरंग २०६०, संस्मरण एउटा बुढो रुखको २०६५ बजारमा आइसकेको छ ।तुम्खेवा २५ वर्षदेखि निरन्तर कविता लेखनमा सक्रिय छिन् ।कार्यक्रमको आयोजना फरक आयामले गरेको थियो

प्रतिक्रिया
सम्बन्धित समाचार