Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

नक आउट भलिवल प्रतियोगितामा गण्डकी प्रदेश र झापा सेमिफाइनलमा

नक आउट भलिवल प्रतियोगितामा गण्डकी प्रदेश र झापा सेमिफाइनलमा

  • सन्देस सम्बाददाता
  • शुक्रबार, बैशाख २७ २०७६


नक आउट भलिवल प्रतियोगितामा गण्डकी प्रदेश र झापा सेमिफाइनलमा

इलाम । इलाममा जारी इलाम आमन्त्रित पुरुष नक आउट भलिवल प्रतियोगिता २०७६ मा आज दुई खेलहरु भएका छन् । आजका खेलमा गण्डकी प्रदेश र विमान ट्रेडर्स विर्तामोड विजयी हुदै सेमिफाइनलमा प्रवेश गरेका हुन ।
आजको पहिलो खेलमा गण्डकी प्रदेशले चन्द्रगढी भलिवल क्लव झापालाई सोझो सेटमा पराजित गर्यो । गण्डकीले १०– २५, १३–२५ र १०–२५ अंकले पराजित गरेको थियो । खेलको म्यान अफ दी म्याच गण्डकी प्रदेशका हरि पाण्डे भए ।
यस्तै दोस्रो खेलमा विमान टे«डर्स विर्तामोडले त्रिवेणी युवा क्लव पाँचथरलाई पनि सोझो सेटमा पराजित गरेको छ । विर्तामोडले १४ –२५ ,१५–२५ र १८–२५ अंकले पराजित गरेको हो । खेलको म्यान अफ दी म्याच आकाश घोष घोषित भए । शनिबार सेमिफाइनलका दुइ खेल संचालन हुने आयोजकले जनाएको छ । जिल्ला भलिवल संघको आयोजनामा भएको प्रतियोगितामा विजयी टीमलाई नगद एक लाख ५१ ह्जार र दोस्रो हुने टीमलाई ८१ ह्जार नगद सहित ट्रफी प्रदान गरिने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार