Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

मेचीनगर गोल्डकप : आयोजकलाई हराउँदै संकटा सेमीफाइनलमा

मेचीनगर गोल्डकप : आयोजकलाई हराउँदै संकटा सेमीफाइनलमा

  • सन्देश सम्वाददाता
  • शनिबार, बैशाख १४ २०७६


मेचीनगर गोल्डकप : आयोजकलाई हराउँदै संकटा सेमीफाइनलमा

काँकडभिट्टा । आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरमाथी ४–१ गोल अन्तरको फराकिलो जित दर्ता गर्दै सिएमजी संकटा क्लब चौथो मेची नेत्रालय मेचीनगर गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । खेलको सुरुवातबाटै आयोजकमाथी दबाब सृजना गरेको संकटाले २२ औ मिनेटमा अग्रता बनायो । डिवक्सभित्र पाएको पासमा गोलरक्षक किशोर गिरीलाई विट गराउदै फोफोना फोडेले सुरुवाती अग्रता दिलाए । २९ औं मिनेटमा फोडेले नै गोल गर्दै टीमको अग्रता दोब्बर बनाए । अर्का बिदेशी खेलाडी इकेन क्रिश्टियनको क्रस पासलाई हेडर मार्फत जाली चुमाउदै उनले अग्रता दोव्वर बनाएका हुन । त्यसपछि पनि संकटाको गोल गर्ने क्रम रोकिएन । ४४ औ मिनेटमा क्रिश्टियनले डि बक्सभित्र गरेको पासमा फोडेले गोल गर्दै ह्रयाट्रिक पुरा गरे । ५५ औ मिनेटमा क्रिश्टियनल वान भर्सेस वानमा गोल गरेका थिए । बिपक्षी मैदानको मध्यभागमा अनमार्क रहेका क्रिश्टियनले २० यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।
काँकडभिटाका लागि खेलको ८० औं मिनेटमा बिमल घर्तीमगरले सन्तवना गोल फर्काए । डि बक्स नजिकैबाट बिमलले गरेको फ्रि किक गोल भएको थियो । निशान्त लिम्बुलाई संकटाका खेलाडीले फल गरेपछि पाएको फ्रि किक मार्फत मगरले गोल फर्काएका हुन् । खेल अवधिभर काँकडभिटाबिरुद्ध हावी भएको संकटाले बिपक्षी पोष्टमा एक दर्जन जति प्रहार गरेको थियो ।
खेलको म्यान अफ द म्याच बिजेता टीमका लागि ह्याट्रिक गरेका फोफोना फोडे भए । उनले नगद ११ हजार रुपैंयाँ पुरस्कार पाए । आइतबारको खेल त्रिभुवन आर्मी क्लब र धरान फुटबल क्लब सुनसरीबीच हुने छ । प्रतियोगितामा बिजेता टीमले १० लाख १ हजार र उपबिजेता टीमले ५ लाख १ हजार रुपैंयाँ पुरस्कार पाउने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार