Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

मेचीनगर गोल्डकप : उद्धघाटन खेलमा आयोजकलाई दाफिन्स चुनौती

मेचीनगर गोल्डकप : उद्धघाटन खेलमा आयोजकलाई दाफिन्स चुनौती

  • नमीन ढकाल
  • बिहिबार, बैशाख १२ २०७६


मेचीनगर गोल्डकप : उद्धघाटन खेलमा आयोजकलाई दाफिन्स चुनौती

इलाम । मेची नेत्रालय मेचीनगर गोल्डकपको चौथो संस्करण आजबाट सुरु हुँदैछ । काँकडभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगितामा आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) र पाहुना टोली क्यामरुनको दाफिन्स फुटबल क्लबबिच उद्धघाटन खेल हुँदैछ । जारी सिजनमा यि २ टोलीको तेश्रो भेट हो । पछिल्लो समय नेपालको घरेलु फुटबलमा प्रभाव जमाएको दाफिन्स र काँकडभिट्टाबिच पहिलो पटक गत माघमा इटहरीमा सम्पन्न मदन भण्डारी गोल्डकपको उद्धघाटन खेलमा भएको थियो । जस्मा गोलरक्षक दिप कार्की नायक बन्दा दाफिन्स ३–२ गोल अन्तरले पराजित बनेको थियो । दुहबीमा सम्पन्न तेश्रो मनमनमोहन दुहबी गोल्डकपको फाइनल प्रवेशका लागी दाफिन्सले काँकडभिट्टाको चुनौती ३–० ले पन्छाएको थियो ।
धनगढीमा सम्पन्न खप्तड गोल्डकपबाट नेपाली फुटबलमा पाइला चालेको दाफिन्सले जारी सिजनमा ५ वटा उपाधी आफनो पक्षमा पारेको छ । दाफिन्स यान्निक ओवाना, ओको बोटा, प्रिस्लो जाङगा, पेटाङगा, सिलो नाङ्गा, मेजोम्भके लगायतका खेलाडी सहित मैदान उत्र्नेछन । यता काँकडभिट्टा बिशाल राई ए, योगेश गुरुङ, पुजन उपरकोटी, यु–१६ का एन्जल गुरुङ सहित मैदान उत्रने तयारीमा रहेको क्लबका अध्यक्ष मिन बस्नेतले जानकारी दिए ।
गोल्डकप विजेताले नगद १० लाख १ हजार पाउनेछ भने उपविजेताले नगद ५ लाख १ हजार पाउनेछ ।
गोल्डकपको उत्कृष्ट खेलाडीले नगद १ लाख १ हजार पाउँदा प्रत्येक खेलको म्यान अफ दी म्याचले ११ हजार नगद पाउनेछ । त्यस्तै, बेस्ट फरवार्ड, बेस्ट मिडफिल्ड, बेस्ट डिफेन्स, बेस्ट कोच, बेस्ट गोलकिपर र राइजिङ प्लेयरले जनही २१ हजार पाउने छन । बैशाख २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दुई विभागीय, दुई विदेशी सहित १० टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार