इलाम । सडक बिस्तार बाक्लो भएको इलामका स्थानीयबासी कृषि उपज र दैनिक उपभोग्य सामग्री मात्रै हैन बिरामी अस्पताल पुर्याउन घोडामा भर पर्दै आएका छन् । खनिएका सडकमा हिउँदमा नियमित गाडि नचल्ने र बर्षातमा बाटै बन्द हुने हुँदा स्थानीयबासीका लागि दशकौँदेखि घोडा भरपर्दो साधन भएको हो ।

माईजोगमाई १ का सिवकुमार खड्काले घोडा खेपेर दैनिक २ हजार कमाउँछन् । गाउँबाट सहर र सहरबाट गाउँ फर्किदा कृषि उपजदेखि दैनिक उपभोग्य सामग्री घरघरमा पु¥याउनु खड्काको दैनिकी हो । १५ वर्षदेखि २ वडा घोडा पालेका खड्काले हिउँदका दिनमा घोडामा सामग्री बोक्ने काम सुस्तिरले गरेपनि वर्षातमा झनै चम्किन्छ । कच्चि सडकमा हिउँदमा गाडि कुद्ने गरेकाले घोडामा सामान लादेर बजार आउने काम एक पटक मात्रै हुन्छ खड्का भन्छन्– वर्षातमा त्यहि सडक हिलाम्मे हुने भएकाले काम पनि धेरै हुन्छ र आम्दानी पनि ।
सूर्योदय नगरपालिका १ का बलबहादूर थापाले दैनिक उस्तै छ ।

थापाले गाउँबाट कृषि उजप घोडामा मानेभञ्ज्याङ्ग बजार र बजारबाट उसैगरि दैनिक उपभोग्य सामग्री गाउँसम्म पुर्याउँछन् । खड्काले भारतसँग सीमा जोडिएको गोर्खे र जोगमाईका गाउँगाउँबाट सामान झिसमिसेमै कृषि उपज भारी लगाएर मानेभञ्ज्याङ्ग पुग्छन् । मानेभञ्ज्याङ्गमा सामग्री व्यपारीको जिम्मा लगाएर गाउँको अडर अनुसार दैनिक उपभोग्य सामग्री घरघरमा पुर्याउने खड्काले दैनिक २५ सय सम्म आम्दानी गर्दै आएका छन् । खड्काले भारी बोक्नकै लागी घरमा तीन वटा घोडा पालेका छन् । उनी भन्छन्– गाउँमा सडक पुगेपनि हिउँदमा आवश्यक पर्दा गाडि भेटिदैन भने वर्षातमा ठप्प हुने भएकाले घोडा ढुवानीको भरपर्दो साधन भएको हो ।

सडकबाट गाउँका टोलसम्म पहुँच भएपनि इलामका ग्रामीण क्षेत्रका बासिन्दाको यातायतको साधन घोडा नै रहेको जोगमाईका स्थानीयबासीकाे भनाइ छ । खनिएका कच्चि सडकमा हिउँदमा पनि नियमित गाडि नचल्दा स्थानीयले गाउँबाट घोडामा कृषि उपज बजार पुर्याएर बिक्रि गरि दैनिक उपभोग्य सामग्री लिएर फर्किछन् । यसरी सामग्री बोकाए बापत घोडाधनीले प्रतिकिलो २ रुपैयाँदेखि ५ रुपैयाँसम्म भाडा लिने गरेका छन् । सडक खनेपनि स्तरउन्नती भएका छैनन् नयाँबजारका एक ब्यापारी भन्छन्– दूध,दैनिक उपभोग्य सामग्री, कृषि उपज, चिया मात्रै नभएर गाउँका सडकमा एम्बुलेन्स नपुग्ने भएकाले घोडामा बिरामी समेत अझै बोक्नुपर्ने बाध्यता रहेको छ । स्थानीय, प्रदेश र संघ सरकारले चालु आर्थिक वर्षमा ३ अरब बढी सडक क्षेत्रमा लगानी गरेपनि ती सडक हिउँदमा गाडि नियमित गाडि नहुने र वर्षातमा कुद्ने नसक्ने हुँदा धेरै इलामबासीको भरपर्दो साधन घोडा भएको सूर्योदय नगर उद्योग बाणिज्य संघका सदस्य सुजन तिमसिनाले बताउनुभयो ।

गाउँदेखि सहरसम्म र सहरदेखि गाउँसम्म सामग्री ढुवानी गर्ने घोडा ३५ हजार देखि ९० हजारसम्म पर्ने गरेको घोडाधनीको भनाइ छ । इलाममा ७ हजारको संख्यामा घोडा रहेको तथ्याङ्क छ । गाउँमा किसानका घरदेखि कृषि संकलन केन्द्र र संकलन केन्द्रदेखि बजार तथा उद्योगसम्म सामग्री पु¥याउनेमा धेरै घोडाहरु प्रयोग हुने गरेका छन् ।