Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

छोटो तयारीले छनौट खेल्दै नेपाली महिला टिम

छोटो तयारीले छनौट खेल्दै नेपाली महिला टिम

  • नमीन ढकाल
  • शुक्रबार, चैत्र १५ २०७५


छोटो तयारीले छनौट खेल्दै नेपाली महिला टिम

इलाम । पाँचौ साफको उपविजेता भएको एक साता नवित्दै नेपाली महिला फुटबल टिमले पुनः ओलम्पिक छनौटको तयारी थालेको छ । बुधबारबाट एन्फा कम्प्लेक्समा सुरु भएको प्रशिक्षण मार्च ३० तारिकसम्म चल्ने छ । लगतै नेपाली टिम ओलम्पिक छनौटको दोश्रो चरण खेल्न ३१ तारिक म्यानमार प्रस्थान गर्ने मुख्य प्रशिक्षक हरि खड्काले बताए   । साफपछि छोटो तयारी गरेर नै भएपनि ओलम्पिक छनौट खेल्ने प्रशिक्षक  खडकाले बताए ।
उनले साफमा सहभागी खेलाडीका अतिरिक्त नयाँ खेलाडीहरु समेत प्रशिक्षणमा सहभागी भएको बताए । ‘तयारी छोटो भएपनि २ दिनको रेष्टपछि अभ्यास सुरु गरेका छौ । खेलाडीहरु पनि उत्साहित छन ।’ लोकल सन्देशसंग कुरा गर्दै उनले भने ‘ साफ गेमपछि कमजोरीहरु समेत आंकलन गरेका छौ । ओलम्पिकमा सुधारिएको प्रर्दशन गर्नेछौ ।’ उनले साफको पराजयपछि पनि खेलाडीहरुमा मनोबलमा कुनै कमी नआएको बताए ।
फरक फरक रणनितीमा खेल्ने
समुह ए मा रहेको नेपालसंगै भारत, म्यानमार र इन्डोनेसिया रहेका छन । दोश्रो चरणको पहिलो खेल अप्रिल ३ तारिक नेपालले आयोजक म्यानमार विरुद्ध खेल्नेछ । वरियता र खेलस्तर नेपाल भन्दा माथी रहेको म्यानमारसंग पछिल्लो ३ भेटमा नेपाल २ खेलमा पराजित भएको छ । ओलम्पिकको पहिलो चरणको खेलमा नेपालले भारत र आयोजक म्यानमारसंग समान १–१ गोलको बराबरी खेल्दै दोस्रो चरणमा प्रवेश गरेको थियो । त्यसैगरी अप्रिल ६ मा भारत र अप्रिल ९ मा इन्डोनेसियासंग प्रतिस्पर्धा गर्ने तय भएको छ । समुहको शीर्ष स्थानमा रहने टिम अघिल्लो चरण प्रवेश गर्नेछ ।
प्रशिक्षक खड्काले ३ वटै टोली नेपाल भन्दा बलियो रहेकाले फरक फरक रणनिती बनाएर खेल्ने बताए । उनले म्यानमार र भारतसंग यसअघि पहिलो चरणमा नै प्रतिस्पर्धा भइसकेकाले इन्डोनेसियासंग नेपाली टोलीको नयाँ अनुभव हुने बताए । फिफा वरियतामा नेपाल १०८ औ स्थानमा रहदा म्यानमार ४४ , भारत ६२ र इन्डोनेसिया ८४ औ वरियताको टोली हो । गत साता सम्पन्न साफ च्याम्पियनसिपको फाइनल खेलमा नेपाल भारतसंग ३–१ ले पराजित बनेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार