Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

माईभ्याली गोल्डकप : काँकडभिट्टालाई हराउँदै शेर्पा फाइनलमा

माईभ्याली गोल्डकप : काँकडभिट्टालाई हराउँदै शेर्पा फाइनलमा

  • नमीन ढकाल
  • आइतबार, चैत्र ३ २०७५


माईभ्याली गोल्डकप : काँकडभिट्टालाई हराउँदै शेर्पा फाइनलमा

इलाम । मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई हराउँदै हिमालयन शेर्पा माइभ्याली गोल्डकपको फाइनल प्रवेश गरेको छ । काँकडभिट्टाको चुनौती शेर्पाले ३–० ले पन्छाएको हो । शेर्पाको जितमा बिसन गुरुङ, त्रिदेव गुरुङ  र रवि थापा मगरले १ गोलको योगदान दिए । सुरुवातबाटै दबाब कायम राखेको हिमालयनले पहिलो हाफको इन्जुरी समयमा अग्रता कायम गरेको थियो ।
विसन गुरुङको कर्नर प्रहारलाई त्रिदेव गुरुङले जाली चुमाएका थिए । ६१ औ मिनेटमा रवि थापा मगरले अग्रता दोव्वर बनाए । रविको प्रहार विष्णु सुनुवारको खुट्टाबाट फ्लिक भएको बलले जाली चुम्दा शेर्पाले २–० को अग्रता बनायो । खेलमा पछि परेको अवस्थामा काँकडभिट्टाले इन्जुरी समयमा तेश्रो गोल व्यर्होयो । पेट्रिक गोनाको पासमा विसनले पेनाल्टी एरिया नजिकैबाट जाली चुमाउदै गोल गरे । गोलरक्षक दिनेश थापा मगरलाई विट गराउँदै विसनले गोल गरेका थिए । खेलमा दुवै टिमले पाएका केही राम्रा अवसरहरु सदुपयोग गर्न सकेनन् ।
पहिलो हाफमा झापाका विशाल राई ए को क्रसमा फ्रान्सिसको प्रहारले पोष्टको दिशा लिन सकेन । हिमालयनका पेट्रिकको फितलो प्रहार झापाका गोलरक्षक दिनेश थापा मगरले बचाएका थिए । वान भर्सेस वानको अवस्थामा फ्रान्सिसको प्रहारले हिमालयनका गोलरक्षक किशोर गिरीलाई बिट गर्न सकेन । दोश्रो हाफमा झापाले आधा दर्जन पोष्ट आक्रमण बुनेपनि गोल गर्न सकेन । ३० यार्ड वक्सबाट भिक्टोरको प्रहार किशोरले बचाएका थिए । हिमालयनका सुनिल खडकाले डिवक्स नजिकै गरेको शक्तिशाली प्रहार गोलरक्षक दिनेशले पञ्च गर्दै बचाएका थिए । झापाका खमिर गिल्सनको ३० यार्डभित्रको प्रहार किशोर गिरीले बचाइदिए । योगेश गुरुङले डिबक्स बाहिरबाट देव्रेबार च्याप्दै हानेको प्रहार हिमालयनका गोलरक्षक किशोरले पञ्च गर्दै बाहिर पठाइदिए । हिमालयनका पुर्ण बहादुर गुरुङको प्रहारलाई झापाका गोलरक्षक दिनेशले नियन्त्रणमा लिएका थिए ।
झापाका प्रशिक्षक मिन बस्नेतले आर्मी बिरुद्धको तालमेल जस्तो खेल शेर्पासंग देखाउन नसकेको बताए । उनले डिफेन्सका गल्तीका कारण २ गोल व्यर्होनुपरेको बताए । टिमको अग्रपंक्ति चल्न नसक्दा हिमालयन विरुद्ध निरिह देखिनुपरेको बस्नेतको भनाई थियो । ‘गर या मरको अवस्थामा जोखिम मोल्दा तेश्रोे गोल खान पुग्यो । स्ट्राइकर चल्न नसक्दा विंगरको भरमा ९० मिनेट खेल्नुप¥यो ।’ उनले भने ।
यता हिमालयनका प्रशिक्षक विजेन्द्र पुडासैनीले टिम स्प्रिटका कारण जित निस्किएको बताए । आजको खेलको प्रर्दशनमा उनी पनि सुन्तुष्ट छैनन्् । ‘ थ्रीस्टार विरुद्धको प्रर्दशनका कारण झापालाई सहज ठानेर खेल्दा केही दबाब झेल्नुप¥यो । उनले भने ‘ विगंरलाई डिफेन्सको सर्पोट राखेर खेल्यो त्यसैले जित निस्कियो ।’
खेलको म्यान अफ दि म्याच शेर्पाका गोलरक्षक किशोर गिरी घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । चैत्र ५ गते हुने फाइनल खेलमा शेर्पाले क्यामरुनी क्लब दाफिन्सको सामना गर्नेछ । दाफिन्स विभागीय टिम नेपाल पुलिसमाथी २–० को जित निकाल्दै फाइनल प्रवेश गरेको हो ।
शहिद स्मारक लिगमा सातौ स्थान समाप्त गरेको हिमालयन शेर्पा जारी सन २०१९ को सिजनमा दोश्रो पटक फाइनल पुगेको हो । यसअघि दोश्रो विशाल मेमोरियल गोल्डकपमा आर्मीसंग सडनडेथमा पराजित बन्दै शेर्पा उपबिजेता बनेको थियो । काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा जारी सिजनमा सेमीफाइनल भन्दा माथी पुग्न सकेको छैन । यसअघि खप्तड गोल्डकपमा थ्रीस्टारसंग पराजित बन्दै काँकडभिट्टा फाइनल पुग्नबाट बञ्चित भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार